
नयाँदिल्ली, २३ चैत– भारतमा सोमबारबाट सुरु हुने लोकसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ ।
पहिलो चरणमा सोमबार आसाम र त्रिपुरा राज्यका ६ क्षेत्रमा निर्वाचन हुँदैछ । विभिन्न नौ चरणमा हुने निर्वाचन सकिन एक महिना लाग्ने अधिकारीहरुले बताएका छन् । निर्वाचन आयोगका अनुसार ८१ करोड ४० लाख मतदाता छन् ।
राजधानी दिल्लीमा आगामी २७ चैतमा निर्वाचन हुनेछ । लोकसेवामा ५ सय ४३ सिट छ । निर्वाचनमा बहुमत पाउने दलले नयाँ सरकार गठन गर्नेछ । निर्वाचनको अन्तिम परिणाम आगामी जेठ १ गते घोषणा गर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।