काठमाण्डु, १४ कात्तिक– नेपाल उद्योग वाणिज्य महासंघको सम्पूर्ण कागजात प्रहरीले नियन्त्रणमा लिएको छ । महासंघ नेतृत्वले भ्रष्टाचार गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय काठमाण्डुमा उजुरी परेपछि छानबिनका लागि कागजात नियन्त्रणमा लिइएको हो । काठमाण्डुका प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतमले महासंघको हालसम्मको निर्णय पुस्तिका नियन्त्रणमा लिइएको...
काठमाण्डु– विदेशबाट नेपाल फोन गर्दा महँगो शुल्क लाग्नुको कारण नेपाली दूरसञ्चार कम्पनी देखिएका छन् । दुरसञ्चार कम्पनीले अन्तर्राष्ट्रिय फोन आउँदा एक अर्कासँग लिने अन्तरआवद्धता शुल्कमा ‘कार्टेलिङ’ गरेकै कारण महँगो पर्ने गरेको हो । विदेशबाट आएको कल टर्मिनेसन गर्ने अधिकार पाएका ६ दुरसञ्चार कम्पनीले ‘सहमति’...
इलाम, १४ कात्तिक– अञ्चल प्रहरी कार्यालय झापाको विशेष टोलीले इलामको पशुपतिनगर–मानेभञ्ज्याङ इलाकाबाट करिब तीन लाख मूल्य बराबरका अवैध सामग्री बरामद गरेको छ । पशुपतिनगर नाकाबाट नेपाल भित्रयाउन लागिएको दुई लाख ८६ हजार १९० बराबरको चुरोट र लत्ताकपडा बरामद भएको हो । बरामद गरिएका सामग्री...
बागलुङ, १३ कात्तिक – तिहारको अवसरमा देउसी भैलो खेलेर नेपाल मगर सङ्घ बागलुङले ३२ लाखभन्दा बढी रकम सङ्कलन गरेको छ । सङ्घको भवन निर्माणार्थ खेलिएको देउसी भैलोबाट ३२ लाख २० हजार ९९५ उठेको नेपाल मगर सङ्घ बागलुङले जनाएको छ । बागलुङ नगरपालिका–२ मा रहेको...
पथरी, १३ कात्तिक – उद्योगमन्त्री महेश बस्नेतले सरकारले नयाँ उद्योग व्यवसाय ऐन ल्याउन लागेको बताएका छन् । छठ पूजामा अस्ताउँदो सूर्यलाई अर्घ दिन विराटनगरको सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा आइपुगेका मन्त्री बस्नेतले बिहिबार सञ्चारकर्मीसँग कुराकार्नी गर्दै उद्योग ऐन आएपछि ५० हजार युवाले प्रत्यक्ष रोजगार पाउने...
भीमदत्तनगर, १२ कात्तिक – दार्चुलाबाट अहिलेसम्म सात सय ५५ किलो बहुमूल्य जडीबुटी यार्सागुम्बा निर्यात भएको छ । जिल्लामा करिब साढे ९ क्विन्टल यार्सा सङ्कलन भएकामा अहिलेसम्म साढे ७ क्विन्टल निकासी भएको तथा अझै एक क्विन्टल बाँकी रहेको यार्सा व्यापारीहरुले बताएका छन् । असोजको अन्तिम...
नवलपरासी, १२ कात्तिक – जिल्ला कृषि विकास कार्यालयले विदेश जाने र विदेशबाट फर्किएका युवालाई लक्षित गरी विभिन्न कृषि कार्यक्रम ल्याएको छ । कार्यालयले व्यवसायिक तरकारीखेती, मौरीपालन, च्याउखेती र माछापालनमा अनुुदान ल्याएको हो । कार्यक्रमका लागि इच्छुक युवासँग आवेदन माग गरी सकिएको कार्यालयले जनाएको छ...
म्याग्दी , १२ कात्तिक – जीवनको जोस, जाँगर र उत्साहको उमेरमा विदेशी भूमिमा परिश्रम गरेर बिताएका म्याग्दीका पूर्वलाहुरे सामाजिक काममा लागेका छन् । युरोपेली देशमा पुगेका म्याग्देलीहरूले आफ्नो गाउँमा विकासका काम गर्न सहयोग गर्न थालेका हुन् । बेलायत, बेल्जियम, अमेरिका पुगेका म्याग्देली गाउँमा विकास...
काठमाण्डु, १२ कात्तिक– सरकारले वैदेशिक रोजगारीका लागि उज्वेकिस्तान खुला गरेको छ । श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले मन्त्रीस्तरीय निर्णय गरी म्यानपावर एजेन्सीमार्फत निःशुल्क उज्वेकिस्तान खुला गरेका हुन् । श्रम तथा रोजगार मन्त्रालयले उज्वेकिस्तानमा कामदार पठाउन राजपत्रमा सूचना प्रकाशित गर्ने तयारी गरेको छ ।...
काठमाण्डु, १२ कात्तिक– नेपाल आयल निगमले पछिल्लो एक महिनामा दुईपटक पेट्रोलियम पदार्थको मूल्य घटाइसकेको छ । १६ कात्तिकमा फेरि घटाउने तयारी छ । तर, पनि सरकारले सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको छ । १५ कात्तिकबाट लागू हुने गरी सरकारले सार्वजनिक सवारीसाधनमा साविकको भाडामा...
बझाङ, ११ कात्तिक – जिल्लाका ग्रामीण सडकहरूमा चल्ने साना सवारी साधन (जिप) सञ्चालनमा स्थानीय प्रशासनले रोक लगाएको छ । बझाङ सार्वजनिक यातायातअन्तर्गत सवारी सञ्चालन अनुमति नपाएका धुले सडकमा कानुनी प्रक्रिया नपु¥याई यातायातका साधन सञ्चालन गरेपछि प्रहरीले रोक लगाएको हो । जिप आवतजावत गर्न प्रशासनले...
काठमाण्डु, ११ कात्तिक – वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापाले नेपालले अन्तर्राष्ट्रिय समुदायबाट अनुदान नभई व्यापारका अवसर र नेपाली उत्पादनको विश्व बजारमा सहज पहुँचको अपेक्षा गरेको बताएका छन् । नेपाल चेम्बर अफ कमर्श र नेपाल–इटाली उद्योग वाणिज्य सङ्घले द्विपक्षीय व्यापार विस्तारका संभावनाबारे मङगलबार राजधानी...