बनेपामा बन्ने भो १० करोडको होटल

काठमाण्डु टुडे २०७१ पुष १० गते ११:४३ मा प्रकाशित

बनेपा, १० पुस–काभ्रेपलाञ्चोकको बनेपामा झन्डै १० करोडको लागतमा सुविधा सम्पन्न होटल सञ्चालनमा आउने भएको छ ।

बनेपाका युवा व्यवसायी तथा उद्योग वाणिज्य सङ्घ काभ्रेपलाञ्चोकका अध्यक्ष शुरकृष्ण वैद्यको पहलमा सञ्चालनमा आउन लागेको सो होटेल बनेपा नगरपालिका वडा नं ६ मा स्थापना हुने छ ।

आगामी २० दिनभित्रमा करिब ४० प्रतिशत सेयर सङ्कलन गरिसक्ने व्यवसायी वैद्यले बताए ।

होटेलकालागि झन्डै दुई सय जनाको पाँच लाखदेखि १० लाखसम्मको सेयर हुनेछ । तर होटलको नाम भने अझै निश्चित गरिएको छैन ।

तीन तारे होटलको स्वरूपमा सञ्चालनमा आउने सो होटेल एक वर्ष चार महिनाको अवधिमा भौतिक पूर्वाधारको काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

व्यापारिक नगर बनेपामा स्थापना हुने सो होटेलका लागि अरनिको राजमार्गसँग जोडिएको बनेपामा २७ आना क्षेत्रफलको जग्गासमेत लिइएको छ ।  रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us