तेह्रथुममा ५६ करोडको अलैँची उत्पादन

काठमाण्डु टुडे २०७१ पुष ९ गते ११:२२ मा प्रकाशित

तेह्रथुम, ९ पुस–तेह्रथुम जिल्लामा यसवर्ष ५६ करोड भन्दा बढीको अलैँंची उत्पादन भएको छ ।

images

जिल्लाको ६ सय २७ हेक्टर जमिनमा लगाइएको अलैँची खेतीबाट यस वर्ष दुई सय ४८ मेट्रिकटन अलैँची उत्पादन भएको हो ।

जसअनुसार यस वर्ष अलैँची उत्पादन पाँच प्रतिशतले र आम्दानी करिब ३० प्रतिशतले बढेको जिल्ला कृषि विकास कार्यालय तेह्रथुमका वरिष्ठ कृषि विकास अधिकृत मनोजकुमार यादवले बताए ।

गत वर्ष जिल्लामा करिब ४१ करोड ५० लाखबराबरको अलैँची उत्पादन भएको थियो । गत वर्ष अलैँची सिजनमा प्रतिमन अर्थात प्रति ४० केजी ४० हजारदेखि ६० हजारका दरले किनबेच भएकामा यस वर्ष उत्पादित अलैँंचीले जिल्लामा अहिलेसम्मकै बढी मूल्य पायो ।

यस वर्ष अलैँचीको सुरु सिजनबाटै ८० हजारमा कारोबार भएको थियो । अहिले अलैँची तेह्रथुमसहित पूर्वका बजारमा ९५ हजार देखि एकलाख प्रतिमनका दरले कारोबार भइरहेको छ ।

यहाँ उत्पादित अलैँची पूर्वका विभिन्न बजार तथा नाका हँुदै भारतसम्म निकासी हुने गरेको छ ।  जिल्लाको अर्थतन्त्रको करिब ४० प्रतिशत हिस्सा राख्ने अलैँचीखेती जिल्लाका एक नगरपालिकासहित २६ गाविस मध्ये नगरपालिकासँगै २० वटाभन्दा बढी गाविसमा लगाइएको छ ।

तर व्यावसायिक रुपमा भने जिल्लाका श्रीजुङ्, खाम्लालुङ् सुदाप, ओयाक्जुङ, इवा, ह्वाकुलगायतका गाविसमा यो खेती हुन्छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us