चीन सरकारद्वारा अस्पताललाई ९० लाख सहयोग

काठमाण्डु टुडे २०७१ पुष १० गते ९:१२ मा प्रकाशित

काठमाण्डु, १० पुस–काठमाण्डुका दक्षिणभेगस्थित मनमोहन स्मृति सामुदायिक अस्पताल, फर्पिङलाई स्वास्थ्योपचारमा चाहिने उपकरण खरिद गर्न चीन सरकारले ९० लाख आर्थिक सहयोग उपलब्ध गराएको छ ।

nepali money

विभिन्न सेवासहित १५ शय्या क्षमताको अस्पतालमा आकस्मिक सेवा, अपरेसन थिएटरलगायतमा आवश्यक पर्ने सामग्रीका साथै, भेन्टिलेटर, अल्ट्रासाउन्ड मेसिन आदिको खरिदका लागि नेपालस्थित चिनियाँ दूतावासबाट उक्त सहयोग प्राप्त भएको हो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शशि शर्मा अर्यालका अनुसार प्राप्त सहयोगबाट उपकरण खरिद प्रक्रिया अघि बढाइ चाँडै नै अस्पतालको सेवामा उपयोग गरिने छ ।

विसं २०६० सालदेखि सञ्चालनमा आएको अस्पतालले सामान्य स्वास्थ्योपचार सेवादेखि दाँत, आँखा, ओपिडी, आमा सुरक्षा कार्यक्रम, नियमित खोप सेवा सञ्चालन गर्नुका साथै  टेलिमेडिसिन सेवामार्फत बिरामीको उपचार गर्दै आएको अस्पतालले जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us