वीरगन्ज भन्सारमा पाँच कहिनामै ३८ अर्ब राजस्व सङ्कलन

काठमाण्डु टुडे २०७१ पुष ९ गते ११:०३ मा प्रकाशित

पर्सा, ९ पुस–मुलुुकको प्रमुख भन्सार नाका वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा लक्ष्यभन्दा  चार अर्ब ८४ करोड ६३ लाख ८९ हजार बढी राजस्व असुली गरेको छ ।

paisa1

भन्सार विभागले वीरगन्ज भन्सार कार्यालयलाई साउनदेखि मङ्सिरसम्म पाँच महिनाको अवधिमा ३३ अर्ब ८९ करोड ५४ लाख ९९ हजार लक्ष्य असुली गर्न दिइएको थियो । तर वीरगन्ज भन्सार कार्यालयले लक्ष्यभन्दा १४ प्रतिशतले बढी अर्थात् ३८ अर्ब ७४ करोड १८ लाख ८८ हजार राजस्व असुली गरेको छ ।

वीरगन्ज भन्सार कार्यालयको चालु आ व २०७१÷७२ को साउनदेखि मङ्सिर महिनासम्ममा भन्सारतर्फ १४ अर्ब ६३ करोड १९ लाख ५९ हजार र मूल्य अभिवृद्धि करतर्फ १५ अर्ब ४९ करोड ६२ लाख ३८ हजार असुली गरेको भन्सार कार्यालयका गोपाल खत्रीले बताए ।

त्यसैगरी अन्य करबाट ६३ करोड ३८ लाख १९ हजार असुली गरी कुल भन्सार लक्ष्यभन्दा चालु आ व को साउनदेखि मङ्सिरसम्मको पाँच महिनाको अवधिमा १४ प्रतिशतले बढी राजस्व असुली गरेको खत्रीले जानकारी दिए ।

वीरगन्ज भन्सार कार्यालयको चालु आव २०७१÷०७२ मा ९१ अर्ब राजस्व असुली गर्ने लक्ष्य लिएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us