संसदको पहिलो बैठकमै एमसीसीविरुद्ध आवाज उठाउने छु: ज्ञानेन्द्र शाही

२०७९ मंसिर १७ गते १६:४५

काठमाण्डु,१७ मंसिर– जुम्लाबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले संसदको पहिलो बैठकमै एमसीसीविरुद्ध आवाज उठाउने बताएका छन् । निर्वाचित भएपछि आज (शनिबार) काठमाण्डु आएका शाहीले विमानस्थलमा सञ्चारकर्मी र समर्थकमाझ सम्बोधन गर्दै पहिलो बैठकमै अमेरिकी सहयोग परियोजना (एमसीसी) र वाइडबडी खरिदजस्ता ठूला भ्रष्टाचार काण्डको विषयमा आवाज...

जुम्लामा विवाहमा भाग लिई घर फर्कने क्रममा एक जनाको लडेर मृत्यु

२०७९ मंसिर १७ गते १६:२७

काठमाण्डु,१७ मंसिर– जुम्लामा विवाहमा भाग लिई घर फर्कने क्रममा एक जनाको लडेर मृत्यु भएको छ। मूत्यु हुनेमा जुम्लाको तिला गाउँपालिका–६ का अन्दाजी ४७ वर्षीय देव रावत रहेका छन । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार तिला–८ मा पर्ने लाछुङथाडी भन्ने ठाउँको...

डू एण्ड डाईको मनस्थितिबाट काम गर्ने गर्नुपर्दछ: डा.सिके राउत

२०७९ मंसिर १७ गते १६:१६

काठमाण्डु,१७ मंसिर– जनमत पार्टीका अध्यक्ष डा सिके राउतले समानता, भाइचारा र मुलुकको समृद्धिका लागि काम गर्न आफ्नो पार्टी प्रतिबद्ध भएर लागिपर्ने बताएका छन् । सप्तरी–२ बाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित राउतले जनताको अपेक्षा अनुसार आफूले ‘डू एण्ड डाई’को मनस्थितिमा काम गर्नुपर्ने अवस्था रहेको पनि बताएका...

समानुपातिक प्रणालीतर्फ हालसम्म १ करोड ४ लाख ४ हजार ७ सय ६६ मतगणना, एमालेको अग्रता कायमै

२०७९ मंसिर १७ गते १५:४६

काठमाण्डु,१७ मंसिर– ४ मंसिरमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म १ करोड ४ लाख ४ हजार ७ सय ६६ मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार एमालले २७ लाख ८३ हजार तीन सय ८८ मत...

स्याङ्ज–२ मा कांग्रेसका गुरुङको अग्रता कायमै

२०७९ मंसिर १७ गते १५:१३

काठमाण्डु,१७ मंसिर– स्याङ्ज–२ मा कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता फराकिलो बनाउँदै लगेका छन् । शनिबार दिउँसो सार्वजनिक मतपरिणाम अनुसार धनराजले २७ हजार ३२ मत पाएका छन् भने नेकपा एमालेकी उम्मेदवार पद्‍मा अर्यालले २२ हजार ४०१ मत पाएकी छन् । उनीहरुबीचको मतान्तर ४ हजार ६३१...

झापामा–१ मा विश्वप्रकाशलाई लगाइदिए कागती र खुर्सानीको माला

२०७९ मंसिर १७ गते १४:५२

काठमाण्डु,१७ मंसिर– कांग्रेस महामन्त्री एवंम् झापा–१ बाट नवनिर्वाचित संसद विश्वप्रकाश शर्मालाई मतदाताले कागती र खुर्सानीको माला लगाइदीएका छन । ‘मतदाता सम्मान अभियानझ लिएर निर्वाचन क्षेत्रका गाउँमा घुमिरहेका शर्मालाई मेचीनगर नगरपालिका–९ लीलाबस्तीका वासिन्दाले कागती र खुर्सानीको माला लगाइदिएका हुन । यस क्षेत्रमा घरमा, गाडीमा वा...

दोलखामा माओवादी केन्द्रका कार्कीको अग्रता कायमै

२०७९ मंसिर १७ गते १४:२७

काठमाण्डु,१७ मंसिर– दोलखाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका गंगा कार्कीले आफ्नो अग्रता कायमै राखेका छन् । हाल जिरी नगरपालिकाको मतगणना हुँदा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले मतान्तर केही घटाएका छन् । पछिल्लो परिणाम अनुसार माओवादी केन्द्रका गंगा कार्कीले १० हजार ४७२ मत प्रप्त गरेका...

प्रधानमन्त्री को बन्छ,अहिल्यै बोल्न हतार हुन्छ: भण्डारी

२०७९ मंसिर १७ गते १४:१७

काठमाण्डु,१७ मंसिर– कांग्रेसका नेता डा. चन्द्र भण्डारीले प्रधानमन्त्री को बन्छ भन्नेबारे अहिले नै बोल्नु हतार हुने बताएका छन । आज (शनिबार) बुटवलमा प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन । उनले कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्रीको तयारी गरेकोबारे पत्रकारको प्रश्नमा यस्तो बताएका...

पेट्रोलियम पदार्थको मूल्य नघट्ने

२०७९ मंसिर १७ गते १३:३१

काठमाण्डु,१७ मंसिर– भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले मूल्य नघटाउने जनाएको छ । निगमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढावले विगत लामो समयदेखि नोक्सानीमा सञ्चालन हुँदै आएको उल्लेख गरेको छ । इन्डियन आयल...

किसान श्रेष्ठ र जितेन्द्र सोनललाई स्थानीयले लगाइदिए २०५ किलोको माला

२०७९ मंसिर १७ गते १३:२१

काठमाण्डु,१७ मंसिर– बाराबाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य किसान श्रेष्ठ र प्रदेश सभा सदस्य जितेन्द्र सोनललाई स्थानीयले २०५ किलोको माला लगाइदिएका छन् । बाराको परवानीपुर गाउँपालिका ५ बहुअरीमा उनीहरूलाई २ सय ५ किलोको माला लगाइदिएका हुन् । ४ मंसिरमा भएको निर्वाचनमा बाराबाट प्रतिनिधि सभा र...

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

२०७९ मंसिर १७ गते १३:०९

काठमाण्डु,१७ मंसिर– प्रहरीले काठमाण्डुबाट जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन् । काठमाण्डु महानगरपालिका–३ बस्ने राजु थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा १६ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ४३...

लागूऔषधसहित एक जना किशोर पक्राउ

२०७९ मंसिर १७ गते १२:४९

काठमाण्डु,१७ मंसिर– प्रहरीले काठमाण्डु महानगरपालिका–३२ कोटेश्‍वर बालकुमारीबाट किशोर र २ जनालाई अवैध लागूऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी जलेश्‍वर नगरपालिक–१ घर भई हाल काठमाण्डु माहनगरपालिका–३२ जडिबुटी बस्ने १९ वर्षीय विकास साह सहित २ जनारहेका छन । शुक्रबार राति प्रहरीले ब्राउनसुगर जस्तो देखिने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us