डू एण्ड डाईको मनस्थितिबाट काम गर्ने गर्नुपर्दछ: डा.सिके राउत

काठमाण्डु टुडे २०७९ मंसिर १७ गते १६:१६ मा प्रकाशित

काठमाण्डु,१७ मंसिर– जनमत पार्टीका अध्यक्ष डा सिके राउतले समानता, भाइचारा र मुलुकको समृद्धिका लागि काम गर्न आफ्नो पार्टी प्रतिबद्ध भएर लागिपर्ने बताएका छन् ।

सप्तरी–२ बाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित राउतले जनताको अपेक्षा अनुसार आफूले ‘डू एण्ड डाई’को मनस्थितिमा काम गर्नुपर्ने अवस्था रहेको पनि बताएका छन ।

आज (शनिबार) उनको पार्टीद्वारा काठमाण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताए हुन । उनले जनताले आफ्नो पार्टीलाई अन्तिम आशाको नजरले हेरेको भन्दै उनीहरूको आशालाई निराश हुन नदिने गरी रातदिन काममा खटिने योजना पनि रहेको बताएका छन ।

उनले भने, ‘आगामी दिनमा तपाईंहरुले मलाई यहाँसम्म पुर्‍याई दिनु भयो । तपाईंहरुको पनि काम सिद्धियो भनेर होइन । यो त यात्राको नयाँ मोडको सुरुवात मात्रै हो । यहाँबाट तपाईंहरुको सहयोग झन् बढी चाहिन्छ ।

अव काम गर्ने बेला आयो । काम गर्ने ठाउँमा पुग्यौँ । यतिबेला तपाईंहरुको सहयोग झन् बढी हामीलाई चाहिन्छ । जनताले जुन अपेक्षा हामीसँग राखेका छन्, त्यो अपेक्षा कति ठुलो छ भन्ने तपाईंहरुलाई पनि अनुमान छ ।

तपाईंहरुले पनि बुझ्नु हुन्छ ।’आफूलाई कतिपयले अन्तिम आशा समेत भनेकोमा आफूलाई डर लागिरहेको पनि बताए । ‘मलाई त्यो शब्द प्रयोग गर्दा एकदम डर लाग्छ ।

अन्तिम आशा किन खतरनाक लाग्छ भन्दाखेरी हामीले यदि काम गर्न सकेनौ भने के हुन्छ अन्तिम आशा तोडियो भने के हुन्छ त देश निराशा जान्छ ।

जनता निराशामा जान्छन्,’ उनले भने, ‘त्यो भएर यदि जनताले हामीलाई अन्तिम आशाको रूपमा देखेका छन् भने हाम्रो पनि जिम्मेवारी त्यही स्तरको हुनुर्पने बताका छन ।

हाम्रो पनि मनस्थिति डू एण्ड डाईको मनस्थितिबाट काम गर्ने हुनुपर्दछ । जनताले जुन अपेक्षा राखेका छन् । त्यो एक जना व्यक्तिले सांसद हुँदैमा, मन्त्री हुँदैमा वा प्रधानमन्त्री हुँदैमा पनि त्यो पूरा नहुने बताएका छन ।

हामी सबै मिलेर जुन सपना हामीले बन्यौँ । त्यसको लागि दिनरात काम गर्न सक्यौ भने मात्रै हामी जनअपेक्षामा खरो उत्रन सक्छौँ बताएका छन । उनले जनताले दिएको सल्लाह र सुझावकै आधारमा आफ्नो पार्टी अघि बढ्ने पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us