
काठमाण्डू, ११ जेठ- एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले मानव तस्करसँगको मिलेमतोमा पर्यटक भिसामा मोटो रकम लिएर मानिसहरुलाई विदेश पठाउने प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको बचाउ गरेका छन् ।
ललितपुरको च्यासलस्थित एमाले मुख्यालय च्यासलमा बसेको पार्टी सचिवालय बैठकमा ओलीले कर्मचारीले गरेको गल्तीको भागिदार गृहमन्त्री हुन नसक्ने बताए ।
त्यसअघि एमाले नेताहरुले मन्त्री लेखक पर्यटक भिसा प्रकरणमा मुछिएको विषय उठाएका थिए । गल्ती गर्ने कर्मचारीले सजाय पाउने भन्दै उनले लेखकमाथि अनावश्यक लाञ्छना लगाइएको उल्लेख गरे ।
‘गल्ती गर्ने कर्मचारीलाई कारबाही हुन्छ । मन्त्रालयअन्तर्गतका कुनै कर्मचारीको गलत काममा मन्त्री भागिदार हुनु हुँदैन,’ ओलीले भने, ‘कर्मचारीले गल्ती गर्दा मन्त्रीले राजीनामा दिंदै हिँड्ने हो भने मन्त्रालय चल्दैन ।’
पर्यटक भिसा प्रकरणमा मन्त्री लेखकको संलग्नता रहे नरहेको सम्बन्धित निकायको अनुसन्धानबाट मात्र खुल्ने उनको भनाइ थियो ।