राजावादी प्रदर्शनका दिन जेठ १५ गते काठमाण्डूलाई नियन्त्रणमा लिन कार्यकर्तालाई ओलीको निर्देशन

काठमाण्डु टुडे २०८२ जेठ ११ गते २१:३१ मा प्रकाशित

काठमाण्डू, ११ जेठ- प्रधानमन्त्री केपी ओलीले आगामी जेठ १५ गते काठमाण्डू एमालेको नियन्त्रणमा हुने बताएका छन् ।

एमालेका तर्फबाट निर्वाचित बागमती प्रदेशका वडाअध्यक्षहरुको भेलालाई आइतबार सम्बोधन गर्दै ओलीले उक्त दिन काठमाण्डूलाई नियन्त्रणमा लिन कार्यकर्तालाई निर्देशन दिए ।

१५ जेठमा राप्रपासहित विभिन्न राजावादी समूहले पूर्वराजा ज्ञानेन्द्रलाई गद्धीमा फर्काउने भन्दै काठमाण्डूमा प्रर्दर्शन गर्ने घोषणा गरेको छ । १५ गते केके गर्ने भनेर पार्टीले सर्कुलर गर्ने ओलीले बताए ।

उनले के गर्ने भन्नेबारे तयारीमा रहन पनि भने । फरक प्रसंगमा उनले सरकार र जनता चुप लागेर बसेकामा फाइदा लिएर अनावश्यक फुर्तिफार्ती गरिरहेको उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us