
काठमाण्डू, ११ जेठ- कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ मा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको हो ।
कैलालीको गोदावरी नगरपालिकाकी ती बालिका गत २ जेठमा सामूहिक बलात्कारमा परेकी हुन् ।
कञ्चनपुर प्रहरीका डिएसपी सागर बोहोराले गत २ जेठमा आफन्तको विवाहमा जाने क्रममा बालिकामाथि सामूहिक बलात्कार भएको बताए ।
उनका अनुसार पीडितले तीन जनाले आफूमाथि बलात्कार गरेको बताएकी छन् । तीनमध्ये एक जना नाबालक पक्राउ परेका छन् । अरु दुई जनाको खोजी भइरहेको छ ।