समानुपातिक प्रणालीतर्फ हालसम्म १ करोड ४ लाख ४ हजार ७ सय ६६ मतगणना, एमालेको अग्रता कायमै

काठमाण्डु टुडे २०७९ मंसिर १७ गते १५:४६ मा प्रकाशित

काठमाण्डु,१७ मंसिर– ४ मंसिरमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म १ करोड ४ लाख ४ हजार ७ सय ६६ मतगणना सम्पन्न भएको छ ।

निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार एमालले २७ लाख ८३ हजार तीन सय ८८ मत प्राप्त गरेर पहिले स्थानमा छ भने नेपाली कांग्रेसले २६ लाख ५२ हजार छ सय २८ मतसहित दोस्रो स्थानमा रहेको छ । नेकपा माओवादी केन्द्र ले ११ लाख ६१ हजार आठ सय ८०, मत प्रप्त गरेर तोश्रो स्थानमा छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २३ हजार ७८, मत प्रप्त गर्दै चोथौ स्थानमा रहेको छ ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८६ हजार ४ सय ५९, प्रप्त गरेर पाँचौ स्थानमा छ भने जनता समाजवादी पार्टी नेपालले चार लाख २० हजार नौ सय ४३ र जनमत पार्टीले तीन लाख ९४ हजार तीन सय ८५ मत प्राप्त गरेका छन् ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एक सय ६५ क्षेत्रमध्ये एक सय ६२ क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । प्रतिनिधिसभातर्फ पछिल्लो मतपरिणामअनुसार कांग्रेस ५५ स्थानमा विजयी भएको छ भने एमालेले ४४ स्थानमा जित हासिल गर्दै दोस्रो स्थानमा रहेको छ ।

यस्तै माओवादी केन्द्र १७, नेकपा एकीकृत समाजवादी १०, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थानमा जित हासिल गरेका छन् । स्वतन्त्र पाँच, लोकतान्त्रिक समाजवादीको चार, नागरिक उन्मुक्ति पार्टी तीन, नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चा समान एक स्थानमा विजयी भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us