एमाले युवासंघमा ओलीको निर्देशन अवज्ञा, निर्वाचनबाट नेतृत्व चयन हुने

काठमाण्डु टुडे २०८२ जेठ ११ गते २०:३० मा प्रकाशित

काठमाण्डू, ११ जेठ- पोखरामा जारी एमाले युवा संघको १०औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ ।

अध्यक्षमा वर्तमान अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरीले उम्मेदवारी दर्ता गराएका छन् ।

अध्यक्ष केपी ओलीले निर्वाचनमा नजान दिएको निर्देशन अवज्ञा गर्दै पुरी समूहले निर्वाचनको अडान नछाडेपछि निर्वाचनबाट नेतृत्व चयन हुन लागेको हो ।

शुक्रबार महाधिवेशन उदघाट गर्र्दै ओलीले सर्वसम्मत नेतृत्व चलन गर्न निर्देशन दिएका थिए । ओलीको चाहना थेबेलाई पुनः अध्यक्षमा दोहोर्याउने थियो ।

शनिबार राति अधिवेशनको बन्दशत्रमा निर्वाचनको पक्षमा र विपक्षमा दुवै समूहले नाराबाजी गरेका थिए ।

अध्यक्षसगै पदाधिकारी, केन्द्रीय समिति, निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगलगायत १ सय ५१ सदस्यीय सदस्यीय केन्द्रीय समितिका लागि दुवै प्यानलले मनोनयन दर्ता गरेको निर्वाचन समितिले जनाएको छ ।

संघका इन्चार्ज राजिब पहारीले विद्युतीय मतदान प्रक्रियाबाट मतदानको तयारी भएको बताए । तर, त्यसअघि सहमतिमा नेतृत्व चयनको प्रयास जारी रहेको पनि उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us