
काठमाण्डु,१७ मंसिर– प्रहरीले काठमाण्डु महानगरपालिका–३२ कोटेश्वर बालकुमारीबाट किशोर र २ जनालाई अवैध लागूऔषधसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महोत्तरी जलेश्वर नगरपालिक–१ घर भई हाल काठमाण्डु माहनगरपालिका–३२ जडिबुटी बस्ने १९ वर्षीय विकास साह सहित २ जनारहेका छन ।
शुक्रबार राति प्रहरीले ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम, मोबाइल ३ थान र नगद ९ हजार रुपैयाँ सहित उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।