सामाजिक सञ्जालमा हल्ला गर्दैमा गृहमन्त्रीको राजीनामा आउँदैनः शंकर पोखरेल

काठमाण्डु टुडे २०८२ जेठ ११ गते २२:२४ मा प्रकाशित

काठमाण्डू, ११ जेठ- एमाले महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा प्रश्न उठ्दैमा गृहमन्त्री रमेश लेखकले राजीनामा नदिने बताएका छन् ।
एमाले सचिवालयको बैठकपछि आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सञ्चार माध्यम र सामाजिक सञ्जालमा हल्ला गर्दैमा फैसला गर्न नमिल्ने बताए । लेखक दोषी हो कि होइन भन्ने अनुसन्धान गर्ने निकायको अनुसन्धानबाट मात्र पुष्टि हुने उनको भनाइ थियो ।

‘एमाले भ्रष्टाचारविरुद्ध सुशासनको पक्षमा छ । कुनै पनि विषयमा अनुसन्धान गर्ने निकाय छन् । अनुसन्धान गर्ने निकायले अनुसन्धान गर्छन्’, उनले भने, ‘सञ्चार माध्यम र सोसल मिडियामा के टिप्पणी भयो भन्ने कुराले फैसला हुँदैन । आरोप लगाउने विषयले सबै कुराको निर्धारण गर्दैन । के भएको छ भन्ने सम्बन्धित निकायको ध्यान पुगेको होला ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us