संसदको पहिलो बैठकमै एमसीसीविरुद्ध आवाज उठाउने छु: ज्ञानेन्द्र शाही

काठमाण्डु टुडे २०७९ मंसिर १७ गते १६:४५ मा प्रकाशित

काठमाण्डु,१७ मंसिर– जुम्लाबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले संसदको पहिलो बैठकमै एमसीसीविरुद्ध आवाज उठाउने बताएका छन् ।

निर्वाचित भएपछि आज (शनिबार) काठमाण्डु आएका शाहीले विमानस्थलमा सञ्चारकर्मी र समर्थकमाझ सम्बोधन गर्दै पहिलो बैठकमै अमेरिकी सहयोग परियोजना (एमसीसी) र वाइडबडी खरिदजस्ता ठूला भ्रष्टाचार काण्डको विषयमा आवाज उठाउने बताएका छन ।

आफ्नो ५ वर्षे कार्यकालमा कानुन बनाएर ठूला भ्रष्ट्राचार काण्डका दोषीलाई जेल हाल्ने पनि उनले बताएका छन । उनले भने, ‘ अब हाम्रो लडाइ भ्रष्टाचार विरुद्ध, अब हाम्रो लगाइ रोजगारी सिर्जना गर्नका लागि हुनेछ’ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us