
काठमाण्डु,१७ मंसिर– स्याङ्ज–२ मा कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता फराकिलो बनाउँदै लगेका छन् ।
शनिबार दिउँसो सार्वजनिक मतपरिणाम अनुसार धनराजले २७ हजार ३२ मत पाएका छन् भने नेकपा एमालेकी उम्मेदवार पद्मा अर्यालले २२ हजार ४०१ मत पाएकी छन् । उनीहरुबीचको मतान्तर ४ हजार ६३१ रहेको छ ।