आज सांसदहरुको सपथ, अधिवेश आह्वान भएपछि सभामुखको चुनाव

२०७९ पुष ७ गते ८:४३

काठमाण्डु, ७ पुस– संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान भएपछि सभामुखको निर्वाचन प्रक्रिया अघि बढ्ने बताएका छन् । प्रवक्ता पाण्डेले राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान भएपछि सभामुखको निर्वाचन प्रक्रिया अघि बढाउने बताए । उनले संसद भवनमा १ बजेका लागि नवनिर्वाचित सांसदहरुको...

नगरपालिका संघको अध्यक्षमा धादिङका भीम ढुंगाना

२०७९ पुष ७ गते ८:३७

काठमाण्डु, ७ पुस– नेपाल नगरपालिका अध्यक्षमा भीमप्रसाद ढुंगाना चयन भएका छन् । संघको ८ औं अधिवेशनले ढुंगानालाई अध्यक्ष चयन गरेको हो । ढुंगाना निलकण्ठ नगरपालिका धादिङका मेयर हुन् । संघको उपाध्यक्षमा चौतारा साँगाचोकगढी नगरपालिका सिन्धुपाल्चोकका मेयर कृष्णप्रसाद सापकोटा र महासचिवमा दाङको घोराही उपमहानगरपालिकाका मेयर...

झलनाथ खनाल र प्रभु साहबीच भेटवार्ता

२०७९ पुष ६ गते १८:२८

काठमाण्डु,६ पुुस– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र रौतहट– ३ का प्रतिनिधिसभा सदस्य प्रभु साहबीच भेटघाट भएको छ । नेताद्वय खनाल र शाहबीच बुधबार खनाल निवास डल्लुमा भेटवार्ता भएको हो । भेटवार्तामा समसामयिक राजनीति विषयमा छलफल भएको बताइएको छ ।...

खसीको मासु घाँटीमा अड्किएर एक जनाको मृत्यु

२०७९ पुष ६ गते १८:१९

काठमाण्डु,६ पुस– दैलेखमा खसीको मासु घाँटीमा अड्किएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नारायण नगरपालिका– ६ भर्ती भन्ने ठाउँका ३८ वर्षीय वीरबहादुर सार्की रहेका छन् ।  प्रहरी अनुसार बुधबार बिहान घरमा खसीको मासु खाने क्रममा सार्कीको घाँटीमा मासु अड्किएको थियो ।उनको उपचारको...

सांसद हरुको शपथअघि सर्वदलीय बैठक बस्ने

२०७९ पुष ६ गते १७:२४

काठमाण्डु,६ पुस– प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरुको शपथअघि प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा बस्ने गरी भालीको लागी सर्वदलीय बैठक आह्वान भएको छ । बिहीबार दिउँसो एक बजे प्रतिनिधिसभा सदस्यहरुको शपथ छ । त्यसभन्दा अगावै १२ बजे बस्ने गरी संघीय संसद सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व...

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

२०७९ पुष ६ गते १७:१४

रुपन्देही,६ पुस– रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मूत्यु हुनेमा शुद्धोधन गाउँपालिका–६ का २४ वर्षीय गजेन्द्र सहनी र पछाडि सवार सियारी गाउँपालिका–२ का २६ वर्षीय वृजेश थारु रहेका छन । उनीहरुको तिलोत्तमा नगरपालिका–५ मणिग्राममा बुधबार बिहान भएको दुर्घटनामा शुद्धोधन मृत्यु...

शीतल निवासमा आयोजित शपथ समारोहमा ओली, प्रचण्ड र खनालको भलाकुसारी

२०७९ पुष ६ गते १६:३८

काठमाण्डु,६ पुस– आज बुधबार प्रतिनिधिसभाको ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको शपथ समारोहमा तीन पूर्वप्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता झलनाथ खनाल एक ठाउँमा भेटिए । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित शपथ समारोहमा उनीहरु एउटै...

पार्टीलाई व्यवधान मुक्त राख्नेछु: प्रधानमन्त्री देउवा

२०७९ पुष ६ गते १६:१५

काठमाण्डु,६ पुस– प्रधानमन्त्री एवंम् नेपाली सभापति शेरबहादुर देउवाले पार्टीलाई व्यवधान मुक्त राख्ने काममा आफू लाग्ने बताए । आज बुधबार बिहान भएको नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्ते बताएका हुन । उनले भने, ‘सबैले मलाई विजयी गराउन मद्दत गर्नुभयो, हार्दिक...

अर्जेन्टिनामा विश्वकपको विजय उत्सव मनाउँदा समर्थर्कले गरे सुरक्षाकर्मीको गाडी अपरण ,१ जनाको मृत्यु

२०७९ पुष ६ गते १६:०७

काठमाण्डु ,६ पुस -विश्वकप फुटबलको उपाधी जितेर अर्जेन्टिना पुगेको टिमको समर्थनमा खुसीयाली मनाउने क्रममा १ जनाको मृत्यु भएको छ । उफ्रिने क्रममा छतबाट खसेर एक जना २४ वर्षका युवाको मृत्यु भएको हो ।यस्तै आकाशेपुलबाट फुटबल टिम चढेको खुल्ला बसमा फाल हाल्ने क्रममा घाइते भएको...

अर्थमन्त्री शर्मा देउवालाई बधाई दिन बालुवाटार पुगे

२०७९ पुष ६ गते १५:३५

काठमाण्डु,६ पुस– नेकपा माओवादी केन्द्रका नेता एवंम् अर्थमन्त्री जनार्दन शर्माले कांग्रेस संसदीय दलको नेतामा विजयी पएका कांग्रेस सभापति शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिएका छन् । प्रधानमन्त्रीसमेत रहेका देउवालाई बधाई दिन शर्मा बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका थिए । आज (बुधबार) बिहान भएको निर्वाचनमा गगन...

देउवा र प्रचण्ड माधव नेपाललाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगे

२०७९ पुष ६ गते १५:२३

काठमाण्डु,६ पुस– नेपाली कांग्रेसका सभापति एवंम् प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न अस्पताल पुगेका छन् । रुघाखोकी, ज्वरो र छातीमा संक्रमण भएपछि मंगलबार राति त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका नेपाललाई भेट्न बुधबार...

लोसपाको संसदीय दलको नेतामा महन्थ ठाकुरलाई चयन

२०७९ पुष ६ गते १५:१४

काठमाण्डु,६ पुस– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को संसदीय दलको नेतामा महन्थ ठाकुरलाई चयन गरेको छ । आज बसेको संसदीय दलको बैठकले उनलाई सर्वसम्मतिले चयन गरेको लोसपाका कार्यालय सचिव प्रदीप पाठकले जानकारी दिए । संसदको प्रमुख सचेतक तथा अन्य पदको विषयमा पछि छलफल गरेर टुंगो लगाइने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us