
काठमाण्डु ,६ पुस -विश्वकप फुटबलको उपाधी जितेर अर्जेन्टिना पुगेको टिमको समर्थनमा खुसीयाली मनाउने क्रममा १ जनाको मृत्यु भएको छ ।
उफ्रिने क्रममा छतबाट खसेर एक जना २४ वर्षका युवाको मृत्यु भएको हो ।यस्तै आकाशेपुलबाट फुटबल टिम चढेको खुल्ला बसमा फाल हाल्ने क्रममा घाइते भएको ५ जना कोमामा गएका छन ।कोमामा गएका छन् ।
विजयी उत्सव मनाउने क्रममा समर्थकहरु अराजक बनेपछि प्रहरीले हवाइ फायरसमेत गर्नुपरेको छ भने केही समर्थर्कले सुरक्षाकर्मीको गाडी नै अपरणसमेत गरेका भने । समर्थकका कारण थेग्ने स्थिति नै नभएपछि विजयी र्यानली छोट्याएर खेलाडीलाई हेलिकोप्टरबाट उद्धार गर्नु परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
सन् १९८६ मा दोश्रो पटक विश्वकप जितेको अर्जेन्टिनाले त्यसको ३६ वर्षपछि तेस्रो उपाधि उचालेको थियो ।