
काठमाण्डू, ७ जेठ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबाहादुर शाहीले नवनियुक्त गभर्नर विश्व पौडेलका प्रति कटाक्ष गरेका छन् । पौडेललाई ‘चुनाव हरुवा’को संज्ञा दिँदै शाहीले कार्यकर्ता गभर्नर बनेको प्रतिक्रिया दिएका छन ।
‘अझै पनि देश बन्छ भनेर पत्याइदिनुपर्ने। चुनाव हारेको हरुवा कार्यकर्ता गभर्नर बन्ने, शाहीले फेसबूकमा लेखेका छन् । पौडेल हिजो मात्रै नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त भएका छन् ।
उनी प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसको कोटाबाट गभर्नर नियुक्त भएका हुन्। उनी पछिल्लो संसदीय निर्वाचनमा चितवन–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरि ढकालसँग पराजित भएका थिए ।