मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाण्डु टुडे २०७९ पुष ६ गते १७:१४ मा प्रकाशित

रुपन्देही,६ पुस– रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मूत्यु हुनेमा शुद्धोधन गाउँपालिका–६ का २४ वर्षीय गजेन्द्र सहनी र पछाडि सवार सियारी गाउँपालिका–२ का २६ वर्षीय वृजेश थारु रहेका छन ।

उनीहरुको तिलोत्तमा नगरपालिका–५ मणिग्राममा बुधबार बिहान भएको दुर्घटनामा शुद्धोधन मृत्यु भएको प्रहरीले बताएको छ । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बताएको छ ।

बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु ४७ प ३६१४ नम्बर मोटरसाइकल बुधबार बिहान पौने २ बजे दुर्घटनामा परेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us