
काठमाण्डु,६ पुस– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को संसदीय दलको नेतामा महन्थ ठाकुरलाई चयन गरेको छ ।
आज बसेको संसदीय दलको बैठकले उनलाई सर्वसम्मतिले चयन गरेको लोसपाका कार्यालय सचिव प्रदीप पाठकले जानकारी दिए ।
संसदको प्रमुख सचेतक तथा अन्य पदको विषयमा पछि छलफल गरेर टुंगो लगाइने उनले बताएका छन ।