जसपा संसदीय दलको नेतामा रामसायप्रसाद यादव सर्वसम्मत चयन

२०७९ पुष १३ गते १३:२५

काठमाण्डु,१३ पुस– जसपा संसदीय दलको नेतामा रामसायप्रसाद यादव सर्वसम्मत चयन भएका छन् । उनी सर्वसम्मत रुपमा प्रतिनिधिसभाको दलको नेता चयन भएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन । यसअघि जसपा संसदीय दलको नेतामा तीन जना सांसदको दाबी रहेपछि निर्वाचनबाट नेता चयन गर्ने...

पार्टी सभापति देउवाको राजीनामा मागिन्छ: बद्री पाण्डे

२०७९ पुष १३ गते १३:१९

काठमाण्डु,१३ पुस– कांग्रेसका सहमहामन्त्री ले पार्टी पंक्तिमा निराशा छाएको कुराले जनतामा पनि निराश छाएको बताएका छन् । पाण्डेले पछिल्लो राजनीतिक घटनाक्रमबारे केन्द्रीय कार्यसमितिको बैठकमा गम्भीर समीक्षा हुनुपर्ने बताएका छन । आज बुधबार काँग्रेस संस्थापन इतरपक्षहरुको भेटघाटका क्रममा बोल्दै उनले यस्तो बताएका हुन । उनले...

माओवादी बागमती प्रदेशको संसदीय दलको बैठक काठमाण्डुमा बस्ने

२०७९ पुष १३ गते १३:०४

काठमाण्डु, १३ पुस -नेकपा माओवादी केन्द्रको बागमती प्रदेशको संसदीय दलको बैठक पुस १५ गते बस्ने भयको छ बस्ने भयको छ। तर काठमाण्डुको कुन स्थानमा बस्ने भन्ने बारे कुनै टुंगो नलागेको सांसद सरल सहयात्री पौडेलले बतायका छन।उक्त बैठकबाट संसदीय दलको नेता चयन हुने भएको छ...

बागमती प्रदेशमा कांग्रेस संसदीय दलको निर्वाचन हुँदै

२०७९ पुष १३ गते १२:५६

काठमाण्डु,१३ पुस– आज (बुधबार) बागमती प्रदेशमा कांग्रेस संसदीय दलको निर्वाचन हुँदैछ । मतदान दिउँसो दुई बजेका लागि निर्धारण गरीएको छ । बागमती प्रदेश कांग्रेस संसदीय दलको नेतामा केन्द्रीय सदस्य बहादुर सिंह लामा र बागमती प्रदेश सभापति इन्द्र बानियाँले मनोनयन दर्ता गरेका छन् । उनीहरु...

आगोले जलेर वृद्धको मृत्यु

२०७९ पुष १३ गते १२:४४

काठमाण्डु,१३ पुस– सप्तरीमा गए राति आगलागी हुँदा वृद्ध बुबाको मृत्यु भएको छ भने एक युवा घाइते भएका छन् । मूत्यु हुनेमा बोदे बर्साइन नगरपालिका–४ सिल्हटका ८० वर्षीय मुक्ति राउत रहेका छन । घुरबाट सल्केको आगोले भैँसी गोठमा सुतेका उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय...

देउवाले बालुवाटार छाडे

२०७९ पुष १३ गते १२:३५

काठमाण्डु,१३ पुस– पूर्वप्रधानमन्त्री एवंम् नेपाली कांग्रेसका सधापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेका छन् । बुधबार बिहान सपरिवारसहित देउवा बालुवाटारबाट धुम्बाराहीको भाडाको घरमा सरेका छन । बुढानिलकण्ठस्थित आफ्नो घर निर्माणाधीन अवस्थामा रहेकाले केही समय उनी धुम्बाराहीस्थित घरमा भाडामा बस्न देउवाका प्रमुख स्वकीय सचिव...

प्रचण्डलाई भेट्न खुमलटार पुगे ओली

२०७९ पुष १३ गते १२:११

काठमाण्डु,१३ पुस– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई भेट्न नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली खुमलटार पुगेका छन् । बालकोटबाट ओली भर्खरै प्रचण्ड निवास खुमलटार पुगेको ओलीका प्रेस संयोजक रामशरण बजगाईले जानकारी दिएका छन । प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड सरिनसकेकाले ओली खुमलटार...

आरआर क्याम्पसमा खुकुरी प्रहार गरेको आरोपमा ४ जना पक्राउ

२०७९ पुष १३ गते ११:५९

काठमाण्डु,१३ पुस– प्रहरीले आरआर क्याम्पसमा खुकुरी प्रहार गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ । एमालेको भातृ संगठन अनेरास्ववियुको दुई समूहबीच बुधबार झडप हुँदा खुकुरी प्रहार भएको हो । खुकुरी प्रहार गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको प्रहरीले बताएको छ । पक्राउ पर्नेमा कृष्ण...

कांग्रेस संस्थापनइतर पक्षको बैठक बस्दै

२०७९ पुष १३ गते ११:१९

काठमाण्डु,१३ पुस– कांग्रेसको संस्थापनइतर नेताहरूको बैठक आज बस्दै छ । बैठक नेता डा शेखर कोइरालाको सम्पर्क कार्यालयमा बस्ने भएको छ । कांग्रेस सबैभन्दा ठूलो दल हुँदा पनि प्रतिपक्षमा पुगेको विषयमा बैठकमा छलफल हुने भएको छ । पार्टीको केन्द्रीय कार्यसमितिको बैठकबारे पनि छलफल हुने बताइएको...

आरआर क्याम्पसमा खुकुरी प्रहार, ३ विद्यार्थी घाइते

२०७९ पुष १३ गते ११:११

काठमाण्डु,१३ पुस– आरआर क्याम्पसमा स्ववियु निर्वाचनका विषयमा विद्यार्थी संगठनका नेताहरुबीच विवाद हुँदा खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट केही विद्यार्थी नेताहरु घाइते भएका छन् । सिंहदरबार प्रहरी परिसरका एक प्रहरीका अनुसार ३ जना घाइते भएका छन् । अखिल निकट विद्यार्थीहरुबीच आन्तरिक विवाद हुँदा...

प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

२०७९ पुष १३ गते ११:०४

काठमाण्डु,१३ पुस– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । आज (बुधबार) बिहान ललितपुरको एक घरमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच भेटवार्ता भएको हो । भेटवार्तामा नेकपा एकीकृत समाजवादीलाई सरकारमा आउन प्रधानमन्त्रीले...

प्रचण्डजीको व्यवहारबाट म दुःखी छु: माधव नेपाल

२०७९ पुष १२ गते १८:५९

काठमाण्डु,१२ पुस– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुलाई जानकारी नदिई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेको बताएका छन । आज (मंगलबार) पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै नेपालले यस्तो बताएका हुन । नेपालले प्रचण्ड प्रधानमन्त्री भएको आफूले पत्रपत्रिकाबाट भएको थाहा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us