प्रचण्डलाई भेट्न खुमलटार पुगे ओली

काठमाण्डु टुडे २०७९ पुष १३ गते १२:११ मा प्रकाशित

काठमाण्डु,१३ पुस– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई भेट्न नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली खुमलटार पुगेका छन् ।

बालकोटबाट ओली भर्खरै प्रचण्ड निवास खुमलटार पुगेको ओलीका प्रेस संयोजक रामशरण बजगाईले जानकारी दिएका छन । प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड सरिनसकेकाले ओली खुमलटार पुगेका हुन् ।

नेकपा विभाजन भएपछि पहिलो पटक ओली प्रचण्डलाई भेट्न खुमलटार गएका हुन । ओली प्रचण्डबीच मन्त्रिपरिषद विस्तार, माधव नेपालको पार्टीलाई सरकारमा सहभागी गराउने विषयमा छलफल हुने स्रोतले बताएको छ ।

तत्कालीन नेकपा खेमालाई समेत जोड्ने गरी प्रचण्डले प्रयास सुरु गरेका छन । त्यसैअनुरुप आज बुधबार बिहान नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रचण्डले भेटेका थिए ।

नेपाललाई सरकारमा सहभागी गराउने विषयमा छलफल भएको बताएको छ । दुई नेताले समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई पनि खुमलटार बोलाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us