आरआर क्याम्पसमा खुकुरी प्रहार, ३ विद्यार्थी घाइते

काठमाण्डु टुडे २०७९ पुष १३ गते ११:११ मा प्रकाशित

काठमाण्डु,१३ पुस– आरआर क्याम्पसमा स्ववियु निर्वाचनका विषयमा विद्यार्थी संगठनका नेताहरुबीच विवाद हुँदा खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट केही विद्यार्थी नेताहरु घाइते भएका छन् ।

सिंहदरबार प्रहरी परिसरका एक प्रहरीका अनुसार ३ जना घाइते भएका छन् । अखिल निकट विद्यार्थीहरुबीच आन्तरिक विवाद हुँदा खुकुरी प्रहार भएको छ । संगठनको अध्यक्ष कसलाई बनाउने भन्ने विषयमा छलफलको क्रममा उनीहरुबीच विवाद भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us