पार्टी सभापति देउवाको राजीनामा मागिन्छ: बद्री पाण्डे

काठमाण्डु टुडे २०७९ पुष १३ गते १३:१९ मा प्रकाशित

काठमाण्डु,१३ पुस– कांग्रेसका सहमहामन्त्री ले पार्टी पंक्तिमा निराशा छाएको कुराले जनतामा पनि निराश छाएको बताएका छन् ।

पाण्डेले पछिल्लो राजनीतिक घटनाक्रमबारे केन्द्रीय कार्यसमितिको बैठकमा गम्भीर समीक्षा हुनुपर्ने बताएका छन । आज बुधबार काँग्रेस संस्थापन इतरपक्षहरुको भेटघाटका क्रममा बोल्दै उनले यस्तो बताएका हुन ।

उनले काँग्रेसले अबका दिनमा निराशा र असफलतालाई चिर्दै प्रतिपक्षी भूमिकामा कसरी प्रभावशाली बन्ने बारेमा सोच्नुपर्ने बेला आएको बताएका छन ।

उनले पार्टी पंक्तिमा र जनस्तरमा विशेष महाधिवेशन बोलाउने र पार्टी सभापतिले राजीनामा दिनुपर्छ भन्ने बारेमा माग उठेको भएपनि कार्यसमितिको बैठकमा यसबारेमा चर्चा हुने बताएका छन ।

उनले भने, ‘हाम्रो पार्टीमा निराशा भएको कुरामा कसले कहाँबाट गल्ती भएको हो त्यसमा समीक्षा हुनुपर्छ भन्ने बारेमा खुला ढंगले छलफल गर्नेछौँ ।

हाम्रो निराशा र असफलतालाई चिर्दै प्रतिपक्षी भुमिकामा कसरी प्रभावशाली बन्ने बारेमा केन्द्रीय कार्यसमितिमा छलफल हुनेछ । पार्टी पंक्तिमा र जनस्तरमा विशेष महाधिवेशन बोलाउने र पार्टी सभापतिले राजीनामा दिनुपर्छ भन्नेबारेमा माग उठेको छ ।

यो विषय कार्यसमितिको बैठकमा निर्णयमा पुर्याउनुपर्छ ।’ भेटघाटमा सहमहामन्त्री जीवन परियारले १० पुसमा भएको घटनालाई कांग्रेसीहरुले सामान्य रुपमा लिन नमिल्ने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us