देउवाले बालुवाटार छाडे

काठमाण्डु टुडे २०७९ पुष १३ गते १२:३५ मा प्रकाशित

काठमाण्डु,१३ पुस– पूर्वप्रधानमन्त्री एवंम् नेपाली कांग्रेसका सधापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेका छन् ।

बुधबार बिहान सपरिवारसहित देउवा बालुवाटारबाट धुम्बाराहीको भाडाको घरमा सरेका छन । बुढानिलकण्ठस्थित आफ्नो घर निर्माणाधीन अवस्थामा रहेकाले केही समय उनी धुम्बाराहीस्थित घरमा भाडामा बस्न देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन ।

 उनले भने, बूढानीलकण्ठको घर निर्माण सकिन ३–४ महिना नै लाग्छ । निजी निवासमा सर्न अहिले सम्भव छैन । अहिलेका लागि भाडाको घरमा सरिरहेको हो,’ ।

उनका अनुसार धुम्बाराहीमा खोजिएको भाडाको घरमा ४\५ वटा गाडी पार्किङमा अटाउन सक्ने ठाउँ रहेको छ । १० पुसमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवा पदमुक्त भएका थिए ।

आकस्मिक रुपमा गठबन्धनबाट माओवादी केन्द्र बाहिरिएपछि कांग्रेस प्रतिपक्षी बनेको छ । एमालेसहितका सात दलको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us