यती एयरलाइन्स दुर्घटनाको शोकमा भोलि सबै उडान रद्द हुने

२०७९ माघ १ गते १८:२३

 काठमाण्डु,१ माघ– यती एयरलाइन्सले जहाज दुर्घटनाको शोकमा सोमबार निर्धारित सबै उडान रद्द हुने भएको छ । एक सूचना प्रकाशित गर्दै कम्पनीले आपत्कालीन र उद्दार उडानबाहेक नियमित सबै उडान रद्द बताएको छ । कमपनीको ९एन एएनसी एटीसआर ७२–५०० जहाज आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका दौरान...

पोखरामा भएको विमान दुर्घटनामा ४ जना अझै फेला परेनन्

२०७९ माघ १ गते १७:४१

काठमाण्डु,१ माघ– पोखरामा भएको यती एयरको विमान दुर्घटनास्थलमा खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको छ । सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोर र रोप रेस्क्यु गरी १५ जनाको टोली पोखरा पठाएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता...

पोखरामा भएको विमान दुर्घटनामा लोकगायिका नीरा छन्त्यालको मूत्यु

२०७९ माघ १ गते १७:१८

काठमाण्डु,१ माघ– पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा लोकगायिका नीरा छन्त्यालको मूत्यु भएको छ । माघे संक्रान्तिको अवसरमा पोखरामा आयोजना गर्न लागिएको कार्यक्रमका लागि जाने क्रममा उनको दुर्घटनामा मृत्यु भएको नीराकी दिदी हीरा छन्त्याल शेरचनले बताएकी छन । पोखरा उड्नुअघि नीराले फेसबुकमा माघे संक्रान्तिको...

पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाउने ११ जनाको सनाखत

२०७९ माघ १ गते १७:०५

काठमाण्डु,१ माघ– पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउने ११ जनाको सनाखत भएको छ । पोखराको गण्डकी अस्पतालले दिएको विवरण अनुसार १ विदेशीसहित ११ जनाको सनाखत गरीएको हो । यस्तै दुर्घटनामा ६८ जनाको मृत्यु भएको नागरिक उड्डयन प्राधिकरणले बताएको छ । उनीहरुको शव...

पोखरामा भएको विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि

२०७९ माघ १ गते १६:४७

काठमाण्डु,१ माघ– पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ । आज (आइतबार) विहान भएको दुर्घटनामा हालसम्म ६८ जनाको मृत्यु पुष्टि भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले बताएको छ । विमानमा ४ जना चालक दलका सदस्यसहित ७२ जना रहेका थिए...

आन्तरिक उडानका सबै विमानहरुको प्राविधिक परीक्षण गर्न सरकारको निर्देशन

२०७९ माघ १ गते १६:२१

काठमाण्डु,१ माघ– सरकारले आन्तरिक उडानका सबै विमानहरुको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ । मन्त्रिपरिषद्को आकस्मिक बैठकले आगामी दिनमा आन्तरिक उडानमा दुर्घटना हुन नदिन अनिवार्य प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरुलाई निर्देशन दिएको हो । यसको अनुगमन नागरिक उड्डयन प्राधिकरणले गर्ने भएको छ...

फिलिपिन्समा आँधीमा परी २७ जनाको मृत्यु

२०७९ माघ १ गते १६:०६

एजेनसी– फिलिपिन्समा यस महिना आँधीमा परी २७ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन । मौसमविद्हरूले विपद्को जोखिममा रहेको देशमा लगातार भारी वर्षा हुने चेतावनी दिएका छन । भारी वर्षा र बाढीले क्रिसमस सप्ताहन्तदेखि देशको दक्षिणी र मध्य टापुहरूलाई त्रसित बनाएको र हजारौंलाई आफ्नो घर...

पोखरामा भयको यती जहाज दुर्घटनामा ६४ जनाको मृत्यु भएको पुष्टि

२०७९ माघ १ गते १५:५७

काठमाण्डु, १ माघ- आज बिहान पोखरामा भएको यति एयरलाइन्सको दुर्घटनामा अहिलेसम्म ६४ जनाको मृत्यु भएको छ। दुर्घटनास्थलमा हाल सम्म ६४ जनाको शव फेला परेको कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीले बतायका छन। ’३० वटा शव निकालेर अस्पताल पुर्यााइसकेको र ३४ वटा शव खोंचमा भेटिएका...

विमान दुर्घटनाप्रति पाकिस्तानको संसदद्वारा दुःख व्यक्त

२०७९ माघ १ गते १५:२९

काठमाण्डु,१ माघ–काठमाण्डुबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज पोखरामा भएको दुर्घटनाप्रति पाकिस्तानको राष्ट्रिय संसदले दुःख व्यक्त गरेको छ । पाकिस्तानको राष्ट्रिसभा संसदका सभामुख राजा पर्वेज असरफ र उपसभामुख जाहिद अक्रम दुर्रानीले विमान दुर्घटनाप्रति दुःख...

माधव नेपालद्धारा विमान दुर्घटनाप्रति दुःख व्यक्त

२०७९ माघ १ गते १५:१०

काठमाण्डु,१ माघ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आज पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । काठमाण्डुबाट आज बिहान १०ः३३ बजे पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटनामा भएको थियो । दुर्घटनाको तत्कालै प्रभावकारीरुपमा उद्धार गर्न नेपालले सरकारसँग आग्रह...

प्रधानमन्त्री प्रचण्ड पोखरा नजाने

२०७९ माघ १ गते १५:०५

काठमाण्डु ,१ माघ- प्रधानमन्त्री एवंम माओवादी केन्द्रका अध्क्षय पुष्पकमल दाहाल प्रचण्ड आज भयको यती एयरलाइन्सको विमान दुर्घटना क्षेत्र पोखरा जाने कार्यक्रम स्थगित भएको छ । प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री रवि लामिछाने ,उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ सहितको टोली नेपाली सेनाको हेलिकप्टरमा पोखरातर्फ जाने कार्यक्रम तय भएको थियो...

माघ २ गते देशभर शोक बिदा दिने सरकारको निर्णय

२०७९ माघ १ गते १४:५५

काठमाण्डु ,१ माघ- सरकारले माघ २ गते शोक बिदा दिने निर्णय गरेको छ। आइतबार मन्त्रिपरिषदको बालुवाटारमा बसेको बैठकले आज पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा शोक बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता अर्थमन्त्री विष्णु पौडेलले बताए। बैठकले घटनाप्रति गहिरो दुस्ख व्यक्त गरेको छ। साथै...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us