विमान दुर्घटनाप्रति पाकिस्तानको संसदद्वारा दुःख व्यक्त

काठमाण्डु टुडे २०७९ माघ १ गते १५:२९ मा प्रकाशित

काठमाण्डु,१ माघ–काठमाण्डुबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज पोखरामा भएको दुर्घटनाप्रति पाकिस्तानको राष्ट्रिय संसदले दुःख व्यक्त गरेको छ ।

पाकिस्तानको राष्ट्रिसभा संसदका सभामुख राजा पर्वेज असरफ र उपसभामुख जाहिद अक्रम दुर्रानीले विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन । ‘विमान दुर्घटनाबाट दर्जनौँ मानिसको ज्यान गएको खबरबाट हामी दुःखी छौँ ।

यो दुःखको घडीमा पाकिस्तान, नेपाल सरकार र आम नागरिकसँग ऐक्यवद्धता जनाउँछ छ,’ पाकिस्तानको राष्ट्रिसभाको ट्वीटर ह्याण्डलमा दुख व्यक्त गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us