फिलिपिन्समा आँधीमा परी २७ जनाको मृत्यु

काठमाण्डु टुडे २०७९ माघ १ गते १६:०६ मा प्रकाशित

एजेनसी– फिलिपिन्समा यस महिना आँधीमा परी २७ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन । मौसमविद्हरूले विपद्को जोखिममा रहेको देशमा लगातार भारी वर्षा हुने चेतावनी दिएका छन ।

भारी वर्षा र बाढीले क्रिसमस सप्ताहन्तदेखि देशको दक्षिणी र मध्य टापुहरूलाई त्रसित बनाएको र हजारौंलाई आफ्नो घर छोड्न बाध्य भएको बताइएको छ ।

वर्षको सुरुदेखि नै कम्तीमा तीनवटा आँधीका कारण देशभर २७ जनाको ज्यान गएको नागरिक रक्षा कार्यालयले आइतबारको प्रतिवेदनमा उल्लेख गरेको छ ।

यस्तै एघार जना घाइते भएका र तीन जना बेपत्ता रहेको बताइएको छ । राज्यको मौसम पूर्वानुमानकर्ता पीएजिएएसएले आइतबार लुजोनको मुख्य टापुको दक्षिणी छेउमा रहेको बिकोल प्रायद्वीप र क्वेजोन प्रान्तमा भारी वर्षाको चेतावनी दिएको छ ।

“यी अवस्थाहरूमा, बाढी र वर्षा–प्रेरित पहिरोको सम्भावित क्षेत्रहरूमा उच्च जोखिममा रहेका पीएजिएएसएका अधिकारीले जानकारी दिएका छन् ।

८३ हजार भन्दा बढी मानिस विस्थापित केन्द्रहरूमा आश्रय लिएर बसेका र बाढी र भारी वर्षाका कारण १२ सय भन्दा बढी घरमा क्षति पुगेको सरकारी अधिकारीहरुले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us