पोखरामा भएको विमान दुर्घटनामा लोकगायिका नीरा छन्त्यालको मूत्यु

काठमाण्डु टुडे २०७९ माघ १ गते १७:१८ मा प्रकाशित

काठमाण्डु,१ माघ– पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा लोकगायिका नीरा छन्त्यालको मूत्यु भएको छ ।

माघे संक्रान्तिको अवसरमा पोखरामा आयोजना गर्न लागिएको कार्यक्रमका लागि जाने क्रममा उनको दुर्घटनामा मृत्यु भएको नीराकी दिदी हीरा छन्त्याल शेरचनले बताएकी छन ।

पोखरा उड्नुअघि नीराले फेसबुकमा माघे संक्रान्तिको तस्वीर र शुभकामना पोस्ट गरेकी थिइन् । त्यसअघिको अर्को स्टाटसमा उनले ‘भोलि पोखरामा रमाइलो गर्नुपर्छ’ भन्दै स्टाटस पनि लेखेकी थिइन् ।

नेपाल छन्त्याल युवा संघले सोमबार पोखरामा पुरुष तथा महिला भलिबल प्रतियोगता गर्ने कार्यक्रम रहेको थियो । त्यस अवसरमा नीराले सांगीतिक प्रस्तुति दिने तयारी रहेको थियो ।

विमान दुर्घनापछि कार्यक्रम गरिएको नेपाल छन्त्याल युवा संघ कास्कीका सचिव नवीन घर्ती छन्त्यालले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us