
काठमाण्डु ,१ माघ- सरकारले माघ २ गते शोक बिदा दिने निर्णय गरेको छ।
आइतबार मन्त्रिपरिषदको बालुवाटारमा बसेको बैठकले आज पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा शोक बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता अर्थमन्त्री विष्णु पौडेलले बताए। बैठकले घटनाप्रति गहिरो दुस्ख व्यक्त गरेको छ।
साथै घटनाकाबारे परिवारजनलगायतलाई जानकारी दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कल सेन्टर स्थापना गर्ने निर्णय भएको छ। यसैबीच दुर्घटनाका कारण पहिचान गर्न छानबिन समिति पनि गठन गरिएको छ।
पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा दुर्घटना जाँच आयोग गठन गरिएको र प्रतिवेदन पेश गर्न ४५ दिनको समय दिइएको पौडेलले बताए। आज काठमाण्डु बाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुरंघटनाग्रस्त भएको हो।
जाहाज मा चालकदलका ४ संदस्य सहित ७२ जना सवार थिय। अहिले सम्म २९ जानाको मृत्यु भयको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनायको छ ।