मेरिल्याण्डमा सवारी दुर्घटना, ६ जनाको मृत्यु

२०७९ चैत ९ गते १४:३०

एजेन्सी– मेरिल्याण्डमा हिजो बुधबार भएको सडक दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । इन्टरस्टेट हाइवे ६९५ मा भएको दुर्घटनमा कारमा सवार सबै छ जनाको घटनास्थलमा नै मृत्यु भएको आपत्कालीन स्वास्थ्य सेवाका कर्मचारीले जानकारी दिएका छन । सडकमा मर्मतसम्भार भइरहेका बेला तीव्र वेगमा हुइँकिएको...

२०८० सालमा बैंकका कर्मचारीले ३५ दिन बिदा पाउने

२०७९ चैत ९ गते १४:२४

काठमाण्डु,९ चैत– नेपाल राष्ट्र बैकले २०८० सालमा बैंक बिदा हुने सूची सार्वजनिक गरेको छ । २०८० साल वैशाखदेखि चैतसम्म बैंक बन्द हुने सूची सार्वजनिक भएको हो । केन्द्रीय बैंकको जनशक्ति व्यवस्थापन विभागले आज बिहीबार एक सूचना जारी गर्दै २०८० सालमा बैंकका कर्मचारीले बिदा पाउने...

नयाँ शैक्षिक सत्र सुरु हुनुअघि नै सबैको हातमा पाठ्यपुस्तक पुग्छ: जनक शिक्षा

२०७९ चैत ९ गते १४:१४

काठमाण्डु,९ चैत– जनक शिक्षा सामग्री केन्द्रले १ वैशाखदेखि सुरु हुने नयाँ शैक्षिक सत्रको लागि १५ चैत भित्र पुस्तक प्रकाशन गरेर सकिने जानकारी दिएको छ । केन्द्रले ६ देखि १० कक्षासम्मका एक करोड ५० लाख थान पुस्तक छपाइ गर्ने जिम्मेवारी पाएको छ । अब करिब...

अवैध लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ सहित एकजान पक्राउ

२०७९ चैत ९ गते १३:३५

झापा,९ चैत– प्रहरीले झापाबाट अवैध लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ सहित एक जान लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएका ३४ वर्षीय ताहिर हुसैन रहेका छन । झापाको मेचीनगर नगरपालिका–६ मेचीपुलबाट अवैध लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ ४ ग्रामसहित हुसैनलाई प्रहरीले...

एमाले अबको पाँच वर्ष संसदमा बलियो प्रतिपक्ष भएर बस्छ: महासचिव पोखरेल

२०७९ चैत ९ गते १३:२६

दाङ,९ चैत– एमालेका महासचिव शङ्कर पोखरेलले एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएकाले पार्टी सङ्गठन बलियो बनाउन गाउँ गाउँमा पुगेको बताएका छन । आज (बिहिबार) प्रेस चौतारी नेपाल दाङ जिल्ला शाखाले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन । पोखरेलले राजनीतिक स्थायित्व र...

प्रेस स्वतन्त्रता र सञ्चारमाध्यमहरूको सबलीकरणमा सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री प्रचण्ड

२०७९ चैत ९ गते १३:१७

काठमाण्डु,९ चैत– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाक् तथा प्रेस स्वतन्त्रता र सञ्चारमाध्यमहरूको सबलीकरणमा सरकार प्रतिबद्ध रहेको बताएका छन । आज (बिहिबार) सामुदायिक रेडियो प्रसारक संघ को राष्ट्रिय सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । प्रधानमन्त्री प्रचण्डले नेपालको...

व्यापार घाटा कम गर्न स्वदेशी उत्पादनको प्रयोग गरौँ: पाण्डे

२०७९ चैत ९ गते १२:३५

काठमाण्डु,९ चैत– नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं प्रतिनिधि सभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले स्वदेशी उत्पादनको वृद्धि गर्न आग्रह गरेका छन् । आज (बिहिबार) सामुदायिक रेडियो प्रसारक सङ्घको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले नेपालीहरू स्वदेशी उत्पादन भन्दा विदेशी उत्पादनलाई प्राथमिकता दिने गरेको...

भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई २ वर्षको जेल सजाय

२०७९ चैत ९ गते १२:२९

एजेन्सी– भारतीय कांग्रेसका नेता राहुल गान्धी ‘सभी चोरों का सरनेम मोदी क्यों होता है?’ अर्थात् ‘सबै चोरहरुको थर मोदी किन हुन्छ?’ भन्ने अभिव्यक्तिका कारण गान्धीलाई २ वर्षको जेल सजाय सुनाइएको छ। गुजरातको सूरत सेशन अदालतले आपराधिक मानहानीको मुद्दामा गान्धीलाई दोषी ठहर गर्दै २ वर्षको...

प्रधानमन्त्री प्रचण्डलाई महामन्त्री थापाको आग्रह: नागरिकलाई नतर्साउनुस्

२०७९ चैत ९ गते १२:१९

काठमाण्डु,९ चैत– कांग्रेस महामन्त्री गगन थापाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री ‘प्रचण्ड’ नडराएसम्म जनता डरबाट मुक्त हुन नसक्ने बताएका छन । आज (बिहीवार) सामुदायिक रेडियो प्रसारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । थापाले प्रधानमन्त्री डराउनुपर्ने बेला आएको पनि बताएका छन...

एमाले नेतृत्वको लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्रको तयारी

२०७९ चैत ९ गते ११:४९

काठमाण्डु,९ चैत– नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीलाई दिएको समर्थन फिर्ता लिने भएको छ । त्यसका लागि आज संसदीय दलको बैठक बोलाइएको छ । सोही बैठकबाट सरकारको समर्थन फिर्ता लिने निर्णय गर्ने माओवादी केन्द्रले बताएको छ । माओवादी केन्द्र लुम्बिनी प्रदेश सभा...

प्रतितोला १२ सय रुपैयाँले बढ्यो सुनको मूल्य

२०७९ चैत ९ गते ११:३७

काठमाण्डु,९ चैत– आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ । महासङ्घले आजको मूल्य सूची सार्वजनिक गर्दै हिजो बुधबारको तुलनामा मूल्य बढेको जानकारी दिएका छन । यससँगै आज बिहिबार छापावाल सुनको मूल्य प्रतितोला १...

सरकारमा सहभागिताबारे निर्णय लोसपाको लिन बैठक बस्दै

२०७९ चैत ९ गते ११:२४

काठमाण्डु,९ चैत– १० वैशाखमा हुन गइरहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन र सरकारमा सहभागिताका बारेमा निर्णय गर्न लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बस्दै छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको लोसपाले सरकारमा सहभागी हुने नेताको छनौट तथा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us