
काठमाण्डु,२७ चैत– ललितपुर महानगरपालिका–१७ ग्वार्कोबाट ५ सय ग्राम तौल भएको सालकको खपेटासहित २ जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा मकवानपुर बागमती गाउँपालिका–९ घर भई ललितपुर गोदावरी नगरपालिका–११ चापागाउँ बस्ने ३६ वर्षीय डगरमान डिमडुङ्ग र ललितपुर गोदावरी नगरपालिका–२ घर भई सोही नगरपालिका–७ थैव बस्ने ३५ वर्षीय सुरज तामाङ रहेका छन ।
उनीहरुलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उक्त तौलको खपेटासहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय गोदावरी ललितपुरमा पठाइएको प्रहरीले बताएको छ ।