प्रधानमन्त्री प्रचण्डलाई महामन्त्री थापाको आग्रह: बालेन शाहसँग तत्काल वार्ता गर्नुहोस्

काठमाण्डु टुडे २०७९ चैत २७ गते १४:०९ मा प्रकाशित

काठमाण्डु,२७ चैत– कांग्रेस महामन्त्री गगन थापाले काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग तत्काल वार्ता गर्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।

मेयर बालेन शाहले संघीय सरकारप्रति असहमति प्रकट गर्दै सिंहदरबारभित्रको फोहोर नउठाउन निर्देशन दिएका छन् । आज (सोमबार) बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद थापाले यस विषयमा तत्काल बालेन शाहसँग वार्ता गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका छन ।

उनले भने, ‘प्रधानमन्त्री प्रचण्डलाई आग्रह मेरो आग्रह छ, काठमाण्डु महानगरपालिका प्रमुखसँग तत्काल वार्ता गरियोस्, जायज माग पूरा गरियोस्, यसमा काठमाण्डु निर्वाचित जनप्रतिनिधिलाई पनि सहभागी गराइयोस् ।’

उनले संघीय सरकारले बनाउनुपर्ने कानुन नबनाउँदा र अन्तर तह समन्वय गर्नुपर्ने संयन्त्रहरुलाई सक्रिय नराख्दा स्थानीय तह र प्रदेशहरुले राम्रोसँग काम गर्न नसकेको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us