ऋण लिने र तिर्दिन भन्दै अभियान चलाउन पाइँदैन: अर्थमन्त्री महत

काठमाण्डु टुडे २०७९ चैत २७ गते १२:३३ मा प्रकाशित

काठमाण्डु,२७ चैत– अर्थमन्त्री डा. प्रकाशशरण महतले ऋण नतिर्ने अभियान राज्यले सहन नसक्ने बताएका छन । आज सोमबार नेपाल चेम्बर अफ कमर्सको ७२ औँ साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन ।

अर्थमन्त्री महतले ऋण तिर्दिन भन्ने अभियान गलत रहेको पनि बताएका छन । उनले भने, ‘ऋण लिने र तिर्दिन भन्दै अभियान चलाउन पाइँदैन, बैङ्कबाट ऋण लिएपछि तिर्नै पर्छ ।’

व्यवसायमा आएको मन्दीका कारण समस्या आएको भए राहत दिने र केहि सहुलियत दिन सकिने उनको भनाई छ । तर ऋण नै नतिर्ने भन्ने विषय गलत रहेको छ ।

उनले व्यवसायीलाइ परेको समस्या सम्बोधन गर्न नेपाल राष्ट्रिय व्यवसायी महासङ्घसँग छलफल भइरहेको पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us