
काठमाण्डु ,२६ चैत- बागमती प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने भएको छ ।
आइतबार कांग्रेसका बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामा र प्रदेशसभा सदस्य तीर्थ लामाले आइतबार साँझ मन्त्री पदको शपथ लिने कार्यक्रम तय भएको छ ।
बहादुरसिंहलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र तिर्थ खानेपानी, उर्जा तथा सिचाईँ मन्त्रालयको जिम्मेवारी दिइने छ ।बागमतीमा नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल मुख्यमन्त्री छन् ।
नवनियुक्त मन्त्रीहरुको साढे ६ बजे सपथ हुने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।