
कैलाली,२७ चैत– कैलालीको चुरे गाउँपालिकाको फल्टुडेमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भीमदत्त राजमार्गअन्तर्गत सुपप्र ०१–००१ ज १४२३ नम्बरको जिप दुर्घटना हुँदा चुरे गाउँपालिका–६ घर भएका १८ वर्षीय भानु ठकुन्नाको मृत्यु भएको प्रहरीले बताएको छ । मृतक अत्तरियाको दुर्गालक्ष्मी माध्यमिक विद्यालय केन्द्रबाट एसइई दिएर घर फर्किँदै थिए ।
अत्तरियाबाट फल्टुडे जाँदै गरेको जिपमा सवार १६ वर्षीय प्रकाश धामी, १७ वर्षीय हरिश धामी र १८ वर्षीय सरस्वती धामी घाइते भएका छन् ।
घाइतेहरूको अत्तरियास्थित पद्यमा अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले बताएको छ । घाइतेहरू पनि एसइई दिएर फर्किएका हुन् । जिप अनियन्त्रित भएपछि चालकले भित्तामा ठोक्काएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।