तीन सरकारी बैंकसहित १० वाणिज्य बैंक कारबाहीमा

२०८० वैशाख ८ गते १३:२७

काठमाण्डु, ८ वैशाख–नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा १० वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । तीनवटा सरकारी स्वामित्वका बैंकसँगै ७ वटा निजी बैंकलाई केन्द्रीय बैंकले कारबाही गरेको हो । केन्द्रीय बैंकले १० वटा वाणिज्य बैंकबाट एकमुस्ट १५ करोड ४७ लाख ८४ हजार १४०...

ओडिआईमा नेपालको कीर्तिमानी स्कोर, ओमानलाई दियो ३११ रनको लक्ष्य

२०८० वैशाख ८ गते १३:११

काठमाण्डु, ८ वैशाख– एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा घरेलु टिम नेपालले ओमानलाई जितको लागि ३११ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ओभरमा आठ विकेट गुमाएर ३१० रन बनाएको थियो। नेपालका लागि कुशल मल्लले शतक पूरा गरेका थिए । उनले...

बालेनविरुद्धको मुद्दा राउतको इजलासमा

२०८० वैशाख ८ गते १२:३२

काठमाण्डु, ८ वैशाख– काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन विरुद्धको मुद्दा न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा सुनुवाइ भइरहेको छ । यसअघि दुई पटकसम्म सुनुवाइका लागि पेशी तोकिएपनि सुनुवाइ हुन नसकेको मुद्दा शुक्रबार भने राउतको इजलासमा सुनुवाइ हुने भएको छ । बुधबार सर्वोच्च अदालतकी...

कर्णाली र सुदूरपश्चिम वर्तमान सरकारको प्राथमिकतामा छ: खड्का

२०८० वैशाख ८ गते १२:२५

काठमाण्डु, ८ वैशाख– उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली र सुदूरपश्चिम वर्तमान गठबन्धन नेतृत्वको सरकारको प्राथमिकतामा रहेको बताएका छन । उनले हरेक दृष्टिकोणबाट पछि यी प्रदेशको रूपान्तरणका निमित्त आफू र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ सकारात्मक रहेको बताएका छन ।...

ओडिआईमा कुशल मल्लको पहिलो शतक

२०८० वैशाख ८ गते १२:१५

काठमाण्डु, ८ वैशाख– नेपाली युवा अलराउण्डर कुशल मल्लले ओडिआई क्रिकेटमा पहिलो शतक प्रहार गरेका छन । एसीसी प्रिमियर कप अन्तर्गत ओमान विरुद्धको खेलमा उनले पहिलो शतक प्रहार गरेका हुन । कीर्तिपुरस्थित टीयू मैदानमा भइरहेको खेलमा छैटौं नम्बरमा ब्याटिङ गरेका कुशलले ५९ बलमा शतक पूरा...

पोखराको ल्याण्डफिल साइटमा डोजरले च्यापिएर चालकको मृत्यु

२०८० वैशाख ८ गते १२:१२

काठमाण्डु ,८ वैशाख-पोखरा महानगरपालिका–३२ लामेआहालस्थित ल्याण्डफिल साइटमा थुप्रिएका फोहोर पुर्ने क्रममा डोजरले च्यापिएर चालको मृत्यु भयको छ। मृत्यु  हुनेमा ६० वर्षीय मुसाफिर दास तत्मा रहेका छन।फोहोर पुर्न प्रयोग गरिएको ग १ ग १३४ नम्बरको डोजरले किचेर बिहीबार साँझ चालक ६० वर्षीय मुसाफिर दास तत्माको...

स्वर्णिम वाग्लेका बाबाआमाले चढ्दै आएको गाडी तोडफोड

२०८० वैशाख ८ गते ११:२७

काठमाण्डु, ८ वैशाख– आगमी १० वैशाखमा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार स्वर्णिम वाग्लेका बाबाआमाले चढ्दै आएको गाडी तोड्फोड् भएको छ । हिजो (बिहीबार) राति पार्किङ गरेर छाडेको कार बिहान तोड्फोड भएको अवस्थामा भेटिएको वाग्लेका भाइ अञ्जित अर्यालले जानकारी दिएका छन । अर्याल...

प्रधानन्यायाधीशमा सहमति खोज्न प्रचण्ड–ओलीबीच छलफल

२०८० वैशाख ८ गते ११:२२

काठमाण्डु, ८ वैशाख– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पुर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल जारी छ । दुई नेताबीच सिंहदरबारमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । प्रधानन्यायाधीश नियुक्ति, संसदीय समिति गठन र टिआरसी विधेयक...

डढेलो निभाउने क्रममा जलेर एक जनाको मृत्यु

२०८० वैशाख ८ गते ११:१३

गुल्मी, ८ वैशाख– गुल्मीमा डढेलो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । मूत्यु हुनेमा धुर्कोट गाउँपालिका–३ का १३ वर्षका दीपक मुखिया रहेका छन । पाल्पामा उपचारको क्रममा शुक्रवार बिहान उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

उपनिर्वाचनको मौन अवधि सुरु, के–के गर्न पाइँदैन ?

२०८० वैशाख ८ गते ७:३५

काठमाण्डु, ८ वैशाख– आगामी १० वैशाखमा हुने उपनिर्वाचनको मौन अवधि सुरु भएको छ । गएराति १२ बजेबाट निर्वाचन प्रचार–प्रसारमा निषेध गरिएको हो । सो दिन बिहान ७ बजेदेखि सुरु भएर साँझ पाँच बजे मतदान सकिएपछि सम्मका लागि निर्वाचन प्रचार रोकिएको निर्वाचन आयोगले जनाएको छ...

बेलिब्रिज दुर्घटना अपडेट २ जना भारतीय नागरिकको मृत्यु

२०८० वैशाख ७ गते १८:२६

काठमाण्डु,७ वैशाख– आज बिहीबार दिउँसो जाजरकोट र रुकुम पश्चिमको बीचमा पर्ने भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँचिएको घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको बहराईज मजुवापुर गुलरियाका ४० वर्षीय पुरुषोत्तम राजकुमार र सोही ठाउँका ४० वर्षीय धर्मेन्द्र हरिजन चमार भन्ने धर्मेन्द्र...

सत्ता गठबन्धन नारायणी हो, अरु खहरे: प्रचण्ड

२०८० वैशाख ७ गते १८:१४

चितवन,७ वैशाख– नेकपा (माओवादी केन्द्र)का अध्यक्षन एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन–२ को उपनिर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारले जितबाट डराउनुनपर्ने बताएका छन । उनले कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको गठबन्धन नारायणी नदी जस्तो भएको बताएका छन । आज (बिहिबार) चितवनको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us