काठमाण्डु, ८ वैशाख– सर्वोच्च अदालतले काठमाण्डु महानगरपालिकालाई सिंहदरबारको फोहोर उठाउन आदेश दिएको छ । न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले सिंहदरबारभित्रको फोहोर तत्काल उठाउन आदेश दिएको हो । न्यायाधीश प्रकाशमानसिंह राउतले शुक्रवार ३ दिनभित्र सिंहदरबारको फोहोर संकलन गरेर बिसर्जन गर्न आदेश दिएको छ । सर्वोच्चले...
काठमाण्डु, ८ वैशाख– एसिसी प्रिमियर क्रिकेट कप अन्तर्गत नेपालले ओमानमाथि ८४ रननले विजयी भएको छ । नेपालले दिएको ३११ रनको लक्ष्य पछ्याएको ओमानले २२६ रन मात्र बनाउन सक्यो । ४६ ३ ओभरमा नवौं विकेट गुमाएको ओमानका अन्तिम ब्याट्सम्यान घाइते भएका कारण क्रिजमा आउन सकेनन्...
चितवन, ८ वैशाख– चितवनमा स्कुटरलाई मिक्सरले ठक्कर दिँदा एक शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–९ का ६८ वर्षीय महेन्द्रप्रसाद पौडेल रहेका छन । हाकिमचोकबाट चौबिसकोठीतर्फ आउँदै गरेको बा२ क ८३४९ नम्बरको मिक्सरले बाटो काट्ने क्रममा रहेको प्रदेश ३–०३–००२ प ३७७० नम्बरको...
काठमाण्डु, ८ वैशाख– बेलायतका उपप्रधान एवं न्यायमन्त्री डोमिनिक राबले आफ्नो पदबाट राजीनामा दिएका छन् । कर्मचारीलाई धम्क्याएको आरोप लगाएपछि उनी विवादमा परेका थिए । राबले आरोप गर्दै आएका थिए । विपक्षी पार्टीले भने प्रधानमन्त्री सुनकमाथि आफ्नो उपप्रधानमन्त्रीबारे निर्णय लिन ढिला गरेको आरोप लगाएको थियो...
काठमाण्डु, ८ वैशाख– पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाकारी दिएको छ । शुक्राबार मात्रै थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।...
काठमाण्डु, ८ वैशाख– कञ्चनपुरमा एक महिलालाई घाँस काट्न गएका बेला बाघले लगेको प्रहरीले बताएको छ । बेलौरी नगरपालिका वडा नम्बर ८ स्थित पछुइको खप्टीनालमा घाँस काट्न गएकी ४२ वर्षीया गंगा चन्दलाई बाघले लगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । शुक्रवार उनलाई बाघले...
काठमाण्डु, ८ वैशाख– उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्र गम्भीर संकटमा नरहेको बताएका छन । आज शुक्रबार काठमाण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । गृहमन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्र गम्भीर संकटमा नभएको बताएका छन । उनले सरकारले समस्या समाधानका उपायहरु खोज्नसक्दा...
काठमाण्डु, ८ वैशाख– एसिसी प्रिमियर क्रिकेट कप अन्तर्गत ओमानविरूद्धको खेलमा नेपालले पाँचौं विकेट लिएको छ । नेपालका स्पिनर सन्दीप लामिछानेको घातक बलिङले ओमान संकटमा पुगेको हो । जितको लागि ३ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको ओमानले ५ विकेट गुमाएर २४ ओभरको समाप्तिमा...
काठमाण्डु, ८ वैशाख– नेपालका स्पिनर सन्दीप लामिछाने ओडीआई क्रिकेटमा विश्व कीर्तिमान बनाउन सफल भएका छन । एसीसी पुरुष प्रिमियर कपअन्तर्गत ओमानसँगको खेलमा पहिलो विकेट लिँदै उनले ओडीआईमा १०० विकेट पुर्याएका छन । विश्व कीर्तिमान बनाउने क्रममा उनले ४२ ओडीआई खेलमा १०० विकेट लिएका हुन...
काठमाण्डु, ८ वैशाख– त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचन हुन बाँकी रहेका क्याम्पसहरूमा निर्वाचन गराउन नसकिने बताएको छ । अब बाँकी कलेजमा निर्वाचन गराउन नसकिने त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्राध्यापक पशुपति अधिकारीले जानकारी दिएका छन । उपत्यकाका ४ सहित १२ वटा आंगिक क्याम्पसमा...
काठमाण्डु, ८ वैशाख– काठमाण्डु महानगरपालिकाका मेयर बालेन साहले उच्च अदालत पाटनमा लिखित जवाफ पेश गरेका छन् । सुकुम्बासीवस्ती हटाउने सूचनाको विरूद्धमा उनीसहित ४ जनाविरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । उक्त रिट खारेज गर्न मेयर साहले अदालतलाई लिखित जवाफ पेश गरेका छन...
काठमाण्डु, ८ वैशाख– नेपाललाई रासयनिक मल र गहुँ उपलब्ध गर्न रुस सकारात्मक देखिएको छ । रुसको औपचारिक भ्रमणमा रहेका राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको भेटमा रुसका उपप्रधानमन्त्री दिमित्री चेर्निसेन्कोले नेपाललाई रासायिक मल र गहुँ उपलब्ध गराउन तयार रहेको जानकारी दिएका छन । रुसी उपप्रधानमन्त्री चेर्निसेन्कोले...