त्रिविले १२ वटा आंगिक क्याम्पसमा स्ववियु निर्वाचन नगर्ने

काठमाण्डु टुडे २०८० वैशाख ८ गते १४:२६ मा प्रकाशित

काठमाण्डु, ८ वैशाख– त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचन हुन बाँकी रहेका क्याम्पसहरूमा निर्वाचन गराउन नसकिने बताएको छ ।

अब बाँकी कलेजमा निर्वाचन गराउन नसकिने त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्राध्यापक पशुपति अधिकारीले जानकारी दिएका छन ।

उपत्यकाका ४ सहित १२ वटा आंगिक क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको भएको छैन । नेपाल कमर्श क्याम्पस, त्रिचन्द्र क्याम्पस, रत्न राज्यलक्ष्मी ९आरआर० क्याम्पस र विश्वभाषा क्याम्पसमा स्ववियु निर्वाचन भएको छैन ।

त्यस्तै उपत्यकाबाहिरका ८ वटा आंगिक क्याम्पसमा समेत निर्वाचन हुन सकेको छैन । उपत्यका बाहिरका पृथ्वीनारायण क्याम्पस पोखरा, ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्ज लगायतका क्याम्पसमा निर्वाचन भएको छैन ।

उनले भने,‘सधैँ निर्वाचनकै पछि लाग्न सकिँदैन । परीक्षा चलिरहेका छन् । पढाई गर्नुपर्‍यो । सधैँ निर्वाचनको पछि लागेर बस्न सकिने अवस्था हुँदैन । बाँकी कलेजमा निर्वाचन गराउन सकिँदैन’ ।

५ चैतमा तोकिएको निर्वाचनमा विद्यार्थी सङ्गठनहरूकै अवरोधका कतिपय क्याम्पसहरूमा स्ववियु निर्वाचन हुन सकेको थिएन । तीमध्ये केही क्याम्पसमा विभिन्न मितिमा निर्वाचन भएको थियो ।

 चार विद्यार्थी सङ्गठनहरूले नै चैत ३० गते बाँकी रहेका क्याम्पसहरूमा निर्वाचन गराउने सहमति गरेका थिए । तर, विद्यार्थी सङ्गठनहरूको आ आफ्नै अडानका कारण उक्त मितिमा समेत निर्वाचन हुन सकेन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us