काठमाण्डू, ४ असार– सप्तरीबाट बसमा चढेर काठमाण्डू आउँदै गरेका पुरुषको बाटोमा मृत्यु भएको छ । सप्तरीको बिहुल गाउँपालिका–५ घर भएका ८३ वर्षीय असरफि ठाकुरको धादिङको गजुरी गाउँपालिका–१ मा आइपुगेपछि मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
बा.प्र–०३ –००१ ख २८५२ नम्बरको बसमा सवार ठाकुर अचानक बिरामी भएपछि उनलाई प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको थियो । उपचारको क्रममा बुधवार बिहान उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।