काठमाण्डू, ४ असार– प्रहरीले यूके र लिथुआनिया पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाण्डू महानगरपालिका–३२ बस्ने धनुषा घर भएकी २६ वर्षीया सुजनी कुमारी साह, सुनसरी धरान घर भएका ३४ वर्षीय दीपक कुमार उदास र भक्तपुर चाँगुनारायणकी २३ वर्षीया रेशिका हमाल न्यौपाने रहेकी छन ।
पक्राउ परेकामध्ये सुजनी कुमारीले यूके पठाइदिन्छु भन्दै १ जना पीडितबाट १७ लाख ४ हजार रूपैयाँ, दिपक कुमारले यूके पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ३४ हजार रूपैयाँ र रेशिकाले लिथुआनिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख ८ हजार रूपैयाँ ठगी गरेको आरोर रहेको प्रहरीले जानकारी दिएको छ ।
पीडितहरूको उजुरीको आधारमा काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।