सिंहदरबारको फोहोर उठाउन काठमाण्डु महानगरलाई सर्वोच्चको आदेश

काठमाण्डु टुडे २०८० वैशाख ८ गते १७:११ मा प्रकाशित

काठमाण्डु, ८ वैशाख– सर्वोच्च अदालतले काठमाण्डु महानगरपालिकालाई सिंहदरबारको फोहोर उठाउन आदेश दिएको छ । न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले सिंहदरबारभित्रको फोहोर तत्काल उठाउन आदेश दिएको हो ।

न्यायाधीश प्रकाशमानसिंह राउतले शुक्रवार ३ दिनभित्र सिंहदरबारको फोहोर संकलन गरेर बिसर्जन गर्न आदेश दिएको छ ।

सर्वोच्चले ल्याडफिल्ड साइटमा आवश्यक समन्वय र उचित सहकार्य गर्न प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालयलाई ‘गम्भिर ध्यानाकर्षण’ गराएको छ ।

सिंहदरबारको फोहोर नउठाउने भनी काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र बोलेन शाहले घोषणा गरेका थिए । त्यसविरुद्ध अधिवक्ता पदमबहादुर श्रेष्ठले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us