
काठमाण्डु, ८ वैशाख– एसिसी प्रिमियर क्रिकेट कप अन्तर्गत ओमानविरूद्धको खेलमा नेपालले पाँचौं विकेट लिएको छ । नेपालका स्पिनर सन्दीप लामिछानेको घातक बलिङले ओमान संकटमा पुगेको हो ।
जितको लागि ३ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको ओमानले ५ विकेट गुमाएर २४ ओभरको समाप्तिमा १०९ रन मात्र जोड्न सफल भएको छ ।
यसअघि नेपालका लागि सन्दीप लामिछानेले तीन, ललित राजवंशी र सन्दीप ऐरीले एक–एक विकेट लिएका थिए । ऐरीले २२ ५ ओभरमा आउट भएका आयान खानले २८ बलमा २९ रन बनाएका थिए ।
स्पिनर ललितनारायण राजवंशले जतिन्दर सिंहलाई १५ रनमा बोल्ड गर्दा सन्दीपले १३ औं ओभरको तेस्रो बलमा विकेटकिपर आदिल शफिकलाई १३ रनमा एलबीडब्लू आउट गरेका थिए ।
यसै ओभरको अन्तिम बलमा सन्दीपले कप्तान जिशान मकसुदलाई शून्यमा बोल्ड गरेका थिए ।