
काठमाण्डु, ८ वैशाख– एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा घरेलु टिम नेपालले ओमानलाई जितको लागि ३११ रनको लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ओभरमा आठ विकेट गुमाएर ३१० रन बनाएको थियो। नेपालका लागि कुशल मल्लले शतक पूरा गरेका थिए । उनले ५९ बलमा ९ चौका र ९ छक्काको सहयोगमा शतक प्रहार गरेका थिए ।
सोमपाल कामीले ४८ बलमा ६३ रनको अविजित अर्धशतकीय ईनिङ खेलेका थिए । सोमपाल कामीले ४९ बलमा ७ चौकाको सहयोगमा अर्धशतक पुरा गरेका थिए ।
१० टिम रहेको एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा रहेको रहेको छ । नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब रहेका छन् ।