पोखराको ल्याण्डफिल साइटमा डोजरले च्यापिएर चालकको मृत्यु

काठमाण्डु टुडे २०८० वैशाख ८ गते १२:१२ मा प्रकाशित

काठमाण्डु ,८ वैशाख-पोखरा महानगरपालिका–३२ लामेआहालस्थित ल्याण्डफिल साइटमा थुप्रिएका फोहोर पुर्ने क्रममा डोजरले च्यापिएर चालको मृत्यु भयको छ।

मृत्यु  हुनेमा ६० वर्षीय मुसाफिर दास तत्मा रहेका छन।फोहोर पुर्न प्रयोग गरिएको ग १ ग १३४ नम्बरको डोजरले किचेर बिहीबार साँझ चालक ६० वर्षीय मुसाफिर दास तत्माको मृत्यु भएको हो ।

फोहोर व्यवस्थापन शाखाका कर्मचारी हर्क गायकका अनुसार फोहोर पुर्न डोजर चालु अवस्थामा राखेर चालक तत्मा डोजर अगाडि पुगेका थिए । स्टार्ट भइराखेको डोजर अगाडि बढ्दा चालकलाई पेलेको थाहा नपाएको उनले बताएका छन् ।

चालक २ वर्षअघि महानगरबाटै अवकाश पाएका चालक हुन् । तर, फोहोर पुर्ने अर्को चालक नपाउँदा उनैलाई करारमा राखिएको थियो ।

प्रहरी टोली घटनास्थलमा पुगिसकेको र घटनाका विषयमा छानबिन भइरहेको कास्की प्रहरी ले जानकारी दियको छ ।‘

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us