स्वर्णिम वाग्लेका बाबाआमाले चढ्दै आएको गाडी तोडफोड

काठमाण्डु टुडे २०८० वैशाख ८ गते ११:२७ मा प्रकाशित

काठमाण्डु, ८ वैशाख– आगमी १० वैशाखमा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार स्वर्णिम वाग्लेका बाबाआमाले चढ्दै आएको गाडी तोड्फोड् भएको छ ।

हिजो (बिहीबार) राति पार्किङ गरेर छाडेको कार बिहान तोड्फोड भएको अवस्थामा भेटिएको वाग्लेका भाइ अञ्जित अर्यालले जानकारी दिएका छन । अर्याल उम्मेदवार वाग्लेका ठूलिआमाका छोरा हुन् ।

उनले चैत २७ गते चितवनदेखि वाग्लेका बाबुआमालाई तनहुँ ल्याएका थिए । अर्यालले निर्वाचनको समयमा वाग्लेका बाबुआमालाई चुनावी प्रचारमा लिएर हिँड्दै आएका थिए ।

‘बिहान होटलका कर्मचारीले कार तोड्फोड भएको जानकारी दिएको उनले बताएका छन । होटेल अगाडि पार्किङ गरेर राखिएको बा ११ च ४२५० नम्बरको कारको बायाँ भएको छ ।

कारको सिसा तोड्फोड भएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजकुमार विकले जानकारी दिएका छन । इन्स्पेक्टर विकका अनुसार कार दीलकमारी खनालको नाममा छ । खनाल वाग्लेकी आमा हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us