
काठमाण्डु, ८ वैशाख– उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली र सुदूरपश्चिम वर्तमान गठबन्धन नेतृत्वको सरकारको प्राथमिकतामा रहेको बताएका छन ।
उनले हरेक दृष्टिकोणबाट पछि यी प्रदेशको रूपान्तरणका निमित्त आफू र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ सकारात्मक रहेको बताएका छन ।
आज (शुक्रबार) वीरेन्द्रनगरमा पत्रकारसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन । उनले कर्णालीमा नेपाली सेनाको माध्यमबाट भइरहेका विकासे कामहरूको अनुगमन गर्ने तयारी भइरहेको बताएका छन ।
उनले भने, ‘चुनावको बेलामा प्रचण्ड र मैले सँगै कर्णालीका जिल्लाहरूमा चुनावी सभालाई सम्बोधन गरेका थियौँ, अहिले त्यही अनुसार हामी कर्णालीको विकासका निमित्त हामी अग्रसर र प्रतिबद्ध छौँ ।’
उनले अहिले अर्थतन्त्र ऋणात्मक भएका कारण सरकारसामु केही समस्या रहेको बताएका छन । यद्यपि उनले अर्थतन्त्रलाई उकास्नतर्फ सरकार अग्रसर रहेको पनि बताएका छन ।