फ्लाई दुबईको जहाज आफ्नो गन्तव्यतर्फ जाँदैछ: मन्त्री किराँती

२०८० वैशाख ११ गते २३:२३

काठमाण्डु, ११ वैशाख एउटा इन्जिनमा आगोको झिल्का देखिएपछि आकाशमै होल्ड भएको फ्लाई दुबईको जहाज गन्तब्यतर्फ गएको छ । सोमबार राति ९ बजेर २३ मिनेटमा उडेको जहाजमा समस्या आएपछि केहीबेर आकाशमै होल्ड भएको थियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले जहाज दुबई प्रस्थान...

स्वर्णिम वाग्ले भन्छन्ः लोकतन्त्रमा एउटा व्यक्तिले जादूको छडी चलाएर चमत्कार गर्न सक्दैन

२०८० वैशाख ११ गते २१:०३

तनहुँ, ११ वैशाख– आइतबार सम्पन्न उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट तनहुँ–१ मा उम्मेदवार रहेका डा. स्वर्णिम वाग्लेले निर्वाचनमा जनताले व्यक्त गरेको मतादेश पुराना दलप्रतिको वितृष्णाको परिणाम भएको टिप्पणी गरेका छन् । जारी मतगणनामा प्रतिस्धर्पीसँगको मतान्तर निकै फराकिलो बनाइरहेका वाग्लेले सोमबार सञ्चारकर्मीसँग संक्षिप्त...

मतगणना नसकिँदै स्वर्णिम वाग्ले जित नजिक

२०८० वैशाख ११ गते २०:५१

काठमाण्डु, ११ वैशाख– तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार डा. स्वर्णिम वाग्ले जित नजिक पुगेका छन् । एक तिहाई मत मात्र गणना हुन बाँकी छँदा वाग्ले प्रतिस्पर्धीभन्दा ११ हजार बढी मतले अगाडि छन् । वाग्लेले २६८२७  मत पाएका छन् । कांग्रेसका गोविन्द भट्टराई...

बारा–२ मा मतान्तर फराकिलो पार्दै उपेन्द्र यादव

२०८० वैशाख ११ गते २०:४३

काठमाण्डु, ११ वैशाख– जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले बारा–२ मा प्रतिस्पर्धीसँगको मतान्तर बढाउँदै लगेका छन् । पछिल्लो मतपरिणामअनुसार यादव २ हजार ९ सय ५७ मतसहित अगाडि छन् । जनमत पार्टीका शिवचन्द्र कुशवाहा २ हजार ३ सय ९ मतसहित यादवलाई पछ्याइरहेका छन् ।...

लुम्बिनी प्रदेशको काम चलाऊ मुख्यमन्त्रीमा गिरी नियुक्त

२०८० वैशाख ११ गते १८:२१

काठमाण्डु, ११ वैशाख– लुम्बिनी प्रदेशको काम चलाऊ मुख्यमन्त्रीमा लिला गिरी नियुक्त भएका छन । प्रदेश प्रमुख अमिक शेरचनले सोमबार गिरीलाई काम चलाउन सरकारको मुख्यमन्त्रीको रुपमा गिरी लाई नियुक्त । आज सोमबार प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि गिरी मुख्यमन्त्रीबाट पदमुक्त भएका थिए । तर,...

चितवन–२ मा रवि लामिछानेलाई १५ सय मतान्तरको अग्रता

२०८० वैशाख ११ गते १८:२०

काठमाण्डु, ११ वैशाख– चितवन–२ को उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता बढाएका छन । इच्छाकामना गाउँपालिकाको ५ वटा वडाको मतगणना सकिँदा लामिछानेले १५०० भन्दा बढी मतान्तरले अग्रता बनाएका छन । पछिल्लो मत परिणाम अनुसार लामिछानेले ३ हजार ६०२ मत प्रप्त गरेका...

बारा–२ मा फेरी उपेन्द्र यादवको अग्रता

२०८० वैशाख ११ गते १७:४३

काठमाण्डु, ११ वैशाख– बारा–२ को उपनिर्वाचनको मतगणनामा फेरी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता लिएका छन । आज (सोमबार) दिउँसो सार्वजनिक पछिल्लो मत परिणाम अनुसार यादवले १३९० प्रप्त गरेका छन भने जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले १३०१ मत प्रप्त गरेका छन । त्यस्तै...

सर्वोच्चको आदेशपछि सिंहदरबारको फोहोर उठाउन सुरू

२०८० वैशाख ११ गते १७:३७

काठमाण्डु, ११ वैशाख– काठमाण्डु महानगरपालिकाले आज सोमबार सिंहदरबारको फोहोर सोमबारदेखि उठ्न सुरु गरेको छ । सर्वोच्च अदालतले शुक्रबार  काठमाण्डु महानगरपालिकालाई तीन दिनभित्र फोहोर उठाउन निर्देशन दिएपछि सोमबारदेखि सिंहदरबारको फोहोर उठेको हो । काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र साह बालेन फोहोर व्यवस्थापन गर्ने कम्पनीलाई फोहोर नउठाउन भनेपछि...

नुवाकोटमा गोली लागेर एक युवाको मृत्यु

२०८० वैशाख ११ गते १७:२३

नुवाकोट, ११ वैशाख– नुवाकोटको किम्ताङमा गोली लागेर एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा किम्ताङका २६ वर्षीय पञ्च घले रहेका छन । घलेको गोलीको छर्रा लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जिल्लाको म्यागङ गाउँपालिका ४ किम्ताङमा शिकार खेल्न जंगल गएका २८...

संवैधानिक परिषदसम्बन्धी विधेयक संसदबाट पारित हुने

२०८० वैशाख ११ गते १७:०५

काठमाण्डु, ११ वैशाख– कांग्रेस, एमाले र माओवादी केन्द्रबीच संवैधानिक परिषदसम्बन्धी विधेयक संसदबाटै पारित गर्ने सहमत भएका छन । संवैधानिक परिषदसम्बन्धी विधेयक पारित नहुँदा बैठक बस्न र प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न कानुनी रिक्तता रहेको छ । आज (सोमबार) यस विषयमा छलफल गर्न नेकपा (माओवादी केन्द्र)का...

संसदीय समितिको भागवण्डा मिल्यो, एमालेलाई तीन वटा समितिको सभापति

२०८० वैशाख ११ गते १७:०१

काठमाण्डु, ११ वैशाख– संसदीय समितिको भागवण्डा मिलेको छ । आज (सोमबार) सिंहदरबारमा संसदका प्रमुख तीन दलका शीर्ष नेताहरुबीच भएको बैठकमा एमालेले तीन वटा समितिको सभापति लिने सहमति भएको छ । संयुक्त समितिमध्ये संसदीय सुनुवाइको सभापति नेपाली कांग्रेसले लिनेछ भने राज्यको निर्देशक सिद्धान्त, नीति र...

विपद् व्यवस्थापनका लागि लगानी प्रवर्द्धन गर्नुपर्छ: गृहमन्त्री

२०८० वैशाख ११ गते १६:३४

काठमाण्डु, ११ वैशाख– उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् व्यवस्थापनका लागि लगानी प्रवर्द्धन गर्नु पर्ने बताएका छन । आज (सोमबार) काठमाण्डुमा आयोजित ‘विपद् जोखिम व्यवस्थापनस् नीतिगत व्यवस्थादेखि अभ्याससम्म’ विषयक राष्ट्रिय कार्यशाला गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन । उनले नागरिक तहसम्म बिमा संस्कृतिको प्रवर्द्धन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us